एभरेस्ट बैंक क्यालेन्डरमा स्थानीय जात्रा

एभरेस्ट बैंकले ०७५ सालको आफ्नो क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको क्यालेन्डरमा नेपाली पर्यटन र कलासंस्कृतिको प्रवद्र्धनमा सहयोग पुराउने फोटाहरू प्रयोग भएका छन् । मंगलबार चैत २७ गते सार्वजनिक भएको उक्त क्यालेन्डरको थिम ‘स्थानीय जात्रा’ छ ।
बैंकको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै बैंकका अध्यक्ष बिके श्रेष्ठले उक्त क्यालेन्डरको सार्वजनिक गरेका हुन् । साथै बैंकले संस्कृतविद् सत्यमोहन जोशीले क्यालेन्डर निर्माणमा पुराएको सहयोगका लागि विशेष धन्यवाद दिएको छ ।
हाल बैंकले आफ्नो अत्याधुनिक सेवा देशभर रहेका ८० शाखा कार्यालय, ७ एक्स्टेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर, ११३ एटीएम मेसिन र विश्वभर फैलिएर रहेका सञ्जालमार्फत प्रदान गर्दै आइरहेको छ ।