बेस्ट फाइनान्सले सिनर्जी प्राप्ति गर्ने «

बेस्ट फाइनान्सले सिनर्जी प्राप्ति गर्ने

 बेस्ट फाइनान्सले सिनर्जी फाइनान्स कम्पनीलाई एक्वायर गर्ने भएको छ । कम्पनीको शनिबार सम्पन्न २१ औं वार्षिक साधारणसभाले १ः१ सेयर स्वाप रेसियोमा एक्वायर गर्ने प्रस्ताव पारित गरेको हो । यस्तै बेष्ट फाइनान्सले सिनर्जिलाई एक्वायर गर्ने भएपछि फाइनान्स को चुक्तापुँजी ८९ करोड रुपैयाँ पुग्नेछ ।
०५२ सालमा स्थापना भएको तत्कालिन जनरल फाइनान्सलाई राष्ट्र बैंकले ०७० जेठमा समस्याग्रस्त भएको थियो । समस्याग्रस्त संस्थाको रुपमा रहेको फाइनान्स कम्पनीमा एनआरएन समूहको प्रवेशपछि बेष्ट फाइनान्सको नामबाट सञ्चालनमा आएको हो । साधारणसभा कम्पनीका अध्यक्ष पदम न्यौपानेको अध्यक्षतामा बसेको हो । सिनर्जी फाइनान्स तत्कालीन एल्पिक एभरेष्ट फाइनान्स, सीएमबी फाइनान्स र बुटवल फाइनान्स एक आपसमा मर्ज भएर बनेको थियो ।
बेस्ट फाइनान्सको साधारणसभापछि जारी विज्ञप्तिमा कम्पनीले चाँडै नै मोबाइल बैकिङ, एसएमएस बैंकिङ, एटिएम तथा अन्य सेवा सुरु गर्ने उल्लेख गरिएको छ । हाल संस्थाको प्रवद्र्धकमा गैरआवासीय नेपालीहरू राजेन्द्रकुमार शर्मा (कतार), रोविन्द्रप्रसाद श्रेष्ठ (जापान)लगायत स्थानीय लगानीकर्ता छन् ।
संयुक्त कारोबारपछि फाइनान्सको कुल निक्षेप २ अर्ब ११ करोड ६० लाख रहनेछ भने कुल कर्जा १ अर्ब ८३ करोड ५९ लाख रहेको छ । यस्तै फाइनान्सका शाखा संख्या १४ पुग्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्