फेवा महोत्सवमा ४० हजार पर्यटक भित्राउने लक्ष्य «

फेवा महोत्सवमा ४० हजार पर्यटक भित्राउने लक्ष्य

नेपाली नयाँ वर्षको अवसरमा पोखरामा भोलि (बुधबार) देखि सञ्चालन हुने १५ औं संस्करणको फेवा नव वर्ष महोत्समा करिब ४० हजार आन्तरिक पर्यटक भित्राउने आयोजक पश्चिमाञ्चल होटल संघले जनाएको छ ।
वैशाख २ गतेसम्म चल्ने उक्त महोत्सवमा ४० हजार आन्तरिक पर्यटकसहित विदेशी र स्थानीय दर्शकहरू गरी महोत्सवमा एक लाख जना भित्राउने मुख्य लक्ष्य राखिएको संघका अध्यक्ष एवं महोत्सव संयोजक विकल तुलाचनले मंगलबार महोत्सवस्थल कोमागाने पार्कमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् । फेवातालको संरक्षण गरौं भन्ने मूल नाराका साथ सुरु हुने महोत्सवमा खानाका १० र अन्य ३० व्यापरिक गरी ४० स्टल रहने भएको संघका अध्ययक्ष तुलाचनले जनाए ।
महोत्सवमा नेपाली तथा विदेशी खाना, सांस्कृति कार्यक्रम, लोक दोहोरी, पप कन्सर्ट, पर्यटक र डुंगा दौड, व्यापारिक स्टल, हाँस्य कलाकारको प्रस्तुति, खुला नृत्य र रत्यौली गीत प्रतियोगिता लगायतका कार्यक्रमहरू रहने भएको छ ।
महोत्सव बिहान ११ बजेदेखि राति १० वजेसम्म सञ्चालन हुने भएको छ भने यही चैत ३० गते राति भने १ बजेसम्म सञ्चालन हुने संघले जनाएको छ । । दिउँसोका कार्यक्रमको टिकट ५० रुपैयाँ र राति प्रवेशका लागि १ सय ५० रुपैयाँ कायम गरिएको छ । दिन प्रतिदिन प्रदूषित र संकुचित हुँदै गएको फेवा तालको संरक्षण गर्दै आन्तरिक एवं बाह्य पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य महोत्सवले लिएको संघका महासचिव गणेशराज पहारीले बताए । महोत्सवमा आगन्तुक पाहुनाहरूको लागि स्थानीय स्तरमा ट्याक्सी र माइक्रोबसको समेत व्यवस्था मिलाएको उनले जनाए ।
नेपालका मुख्य सहरहरूमा अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्र्ष पनि उत्तिकै महत्वका साथ प्रचार–प्रसार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने उद्देश्य महोत्सव मनाउनुपर्ने संघका अध्यक्ष तुलाचनले बताए । महोत्सव अघि स्थानीय हल्लनचोकबाट सांस्कृतिक झाँकीसहित सुरु भई कोमागाने पार्कमा पुगी उद्घाटन हुने कायक्र्रम तय गरिएको छ ।
पर्यटन, संस्कृति र खाना फेवा महोत्सवका मुख्य आकर्षण रहने भएको संघले जनाएको छ । महोत्सवमा ५६ लाख आम्दानी, ४८ लाख ९५ हजार खर्च र ७ लाख ५ हजार रुपैयाँ बचत हुने अनुमान गरिएको छ । महोत्सवको नेपाल पर्यटन बोर्ड प्रबद्र्धक रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्