कुरियर सेवाको नियमावली आउने

कानुनमन्त्री शेरबहादुर तामाङले कुरियर सेवा प्रदायक व्यवसायीहरूले लामो समयदेखि राख्दै आएको नियमावलीको मागलाई सम्बोधन गर्न सरकार तत्पर रहेको बताएका छन् । कुरियर वाणिज्य क्षेत्रसँग मात्र नभई नागरिकको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले अत्यावश्कीय सेवाअन्तर्गत परेको सबैले महसुस गरिसकेको उनले प्रस्ट पारेका थिए ।
यसका साथै यदाकदा कुरियर प्रयोग भई हुने गैरकानुनी क्रियाकलाप नियन्त्रणमा त्रिवि विमानस्थलमा अत्याधुनिक एक्स–रे मेसिनलगायतका समयन्त्रको व्यवस्था गरिने जनाएका छन् । आयात÷नियार्त अन्तर्गत कुरियरका ब्यागेज च्यातिने जस्ता हैरानी खेप्दै आएका व्यवसायीलाई राहत दिन प्राविधिक पूर्वाधार विकासलाई सरकारले तीव्र बनाउँदै लगिने जनाइएको थियो ।
सूचना प्रविधि विस्तार पछि चिठी पत्र तथा व्यावसायिक नमुना पठाउन ई–मेल प्रयोगले स्थान पाएको छ । यसबाट व्यवसायीलाई हुने घाटा कम गर्ने भौतिक रूपमा पठाइएका व्यावसायिक स्यामलले कानुनी मान्यता पाउने एनको कमीलाई छिटो समाधान गर्ने मन्त्री तामाङले बाचासमेत गरेका छन् । यससँगै निजी क्षेत्रका कुरियरलाई भ्याटमा बहुदरका लागि अर्थका सरकारी निकायसँग समन्वय गरिने जनाइएको छ ।
उक्त कार्यक्रममा सघका अध्यक्ष रामेश्वर शिवाले एमाले समर्थित राजनीतिक दलले प्रतिनिधित्व गरिरहेको सरकारको आयु पाँच वर्षसम्म हुने देखिएकाले कुरियर सेवालाई आवश्यक नियमावली र अन्य कानुनी अपठ्याराहरू सरकारले सम्बोधन हुनेमा आफू र सम्पूर्ण व्यवसायी विश्वस्त रहेको बताएका छन् । विगत दुई दशकदेखि वाणिज्य क्षेत्रमा प्रत्यक्ष योगदान पुराउँदै आएको यस क्षेत्रको औद्योगीकरणमा तात्कालीन सरकारले सिन्को नभाँचेकोमा दुःख व्यक्त गरेका थिए । यस क्षेत्रको सेवालाई चुस्त, प्रतिस्पर्धी र दिगो विकासअन्तर्गत विमानस्थलमा कुरियर हेल्प डेस्क त्यस्तै सामान डेलिभरीमा आवश्यक पर्ने भ्यान, ट्रकलगायतका यातायातका साधनमा भन्सार सुविधा उपल्वधहुनु पर्ने जोडदार माग गरेका थिए । यस प्रकारको सुविधाबाट कुरियर क्षेत्रले राज्यलाई पुराउँदै आएको राजस्वमा समेत वृद्धिहुने विश्वास सघंको भएको प्रश्ट पारेका छन् । कार्यक्रममा नेपाल उवा महासघंका वस्तुगत परिषद्का उपाध्यक्ष सुमित केडियाले अन्तरदेशीय विमान कम्पनीहरूले यस क्षेत्रसँग ठ्याक्कै मिल्ने सस्तो दरका माल–सामान ढुवानी सेवाले समेत कुरियर व्यवसायीलाई परेको असर प्रति सरकार गम्भीर नभएको उनको दाबी थियो । भने चेम्बर अफ कर्मसका उपाध्यक्ष कमलेश कुमार अग्रवालले कुरियर सेवाका कानुनी अड्चन यधासकिए छिटो समाधान भए मात्र कुरियर व्यवसायी र आश्रित नागरिकले प्रतिफल पाउने आम व्यवसायीको धारण भएको उनले प्रष्ट पारेका थिए ।