चीनको व्यापार नीति ‘अविवेकी’ : ट्रम्प «

चीनको व्यापार नीति ‘अविवेकी’ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक चिनियाँ ब्यापार नीतिबारे आलोचना गर्दै नीतिलाई ‘अविवेकी’ बताएका छन् ।
ट्रम्पले मोटरगाडीको आयातमा राजस्व बढाएको बिषयलाई आफ्नो ट्वीटर सन्देशमार्फत पुनः आलोचना गरेका हुन् । उनले ट्वीटर पेजमा चीनको मोटरगाडी आयातबारे आएको पछिल्लो नीतिलाई ‘अविवेकी’ भएको बताएका छन् ।
आइतबार चीन र अमेरिकाबीच ब्यापारमा असन्तुलन भएको बिषयलाई जोड दिँदै भने, “मोटरगाडी आयातमा चीनको करनीति सही छैन ।”

प्रतिक्रिया दिनुहोस्