एप्पलद्वारा ‘रेड आइफोन ८’ सार्वजनिक

एप्पलले रातो आल्मुनियम बडी भएको आफ्नो विशेष संस्करण आईफोन–८ र ८ प्लसको घोषणा गरेको छ । रिडसँगको साझेदारीमा यो फोन सार्वजनिक गरिएको हो । यो संस्थाले अफ्रिकामा एड्स र एचआईभीको बिरुद्ध काम गर्दै आएको छ ।
यी फोनहरु एप्पलले सेप्टेम्बरमा लन्च गरेको आईफोन ८ को परिचयात्मक भएको बताइएको छ । हाल आईफोन ८ खरानी, सिल्भर र सुनौलो रङमा उपलव्ध हुदै आएको छ ।
यो रातो स्मार्टफोन ६४ जीबी र २५६ जीबीका मोडलहरुमा उपलव्ध छन् । यी फोनहरुकमो मूल्य क्रमशः ६९९ डलर र ७९९ डलरमा उपलव्ध छन् ।
एप्पलले आईफोनका मोडल रातोमा सार्वजनिक गरेको यो लगातार दोस्रो वर्ष हो । गत वर्ष आईफोन ७ र ७ प्लसको विशेष संस्करण ल्याइएको थियो ।