सिद्धार्थ बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता «

सिद्धार्थ बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

सिद्घार्थ बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । बैंक र उक्त इन्स्योरेन्सबीच एक विशेष कार्यक्रमकाबीच सो सम्झौतापत्र हस्ताक्षर सम्पन्न भयो । सम्झौतापत्रमा सिद्घार्थ बैंकका तर्फबाट नायव महाप्रबन्धक रामेश्वरप्रसाद बस्याल र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरेका छन् । सम्झौतापछि सिद्घार्थ बैंकका ग्राहकले बैंकका कुनैपनि शाखाबाट रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका विभिन्न प्रकारका बिमा सेवा प्राप्त गर्न, बिमा शुल्क भुक्तानी गर्न, बिमा लेख लिन तथा बिमा दाबी भुक्तानीलगायत सम्पूर्ण बिमा सेवा लिन सक्नुहुनेछ । यसबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै छिटो र सहज रूपमा बिमासम्बन्धी सेवा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्