अन्तरिक्षमा विलाशी होटल

अन्तरिक्षमा छिट्टैनै विलाशी होटल निर्माणको तयारी सुरु गरिएको छ । यो होटल २०२२ सम्ममा तयार हुने र यसमा मानिस बस्न सक्ने आशा व्यक्त गरिएको छ ।
यो होटल औरोरा स्टेसनको नामले चिनिने छ । अमेरिकाको स्पेस टेक्नोलोजी स्टार्ट अप ओरियन स्पेनले यो होटल बनाउने घोषणा गरेको हो ।
यो भन्दा पहिलेनै रुसले पनि अन्तरिक्षमा विलाशी होटल बनाउने योजना सार्वजनिक गरिसकेको थियो । अमेरिकाले बनाउन लागेको यो होटलको लम्बाई ४३.५ फिट र चौडाई १४.०१ फिट हुने छ । यसको प्लेटफर्म बन्ने स्थान पृथ्वीको कक्षबाट ३ सय २१ किलोमिटर पर हुने छ ।
यो होटलको आकार एक निजी जेट जत्तिकै हुने छ ।
यो होटलमा केबल दुई क्रु सदस्य तथा चार यात्रीका लागि मात्रै स्थान हुने छ ।
यो होटलमा पुग्न र फर्कनका लागि करिब १२ दिनको समय लाग्ने बताइएको छ ।
यो होटलमा समय बिताउनका लागि ९५ लाख डलर अर्थात झन्डै १ अर्ब रुपैयाँ लाग्ने छ । हलिउडका सेलेब्रेटि टम ह्याक्स, लियोनार्दो डिकेप्रिया तथा केटी पेरीले यो होटलका लागि अग्रिम बुकिङ गरिसकेका छन् ।