सेञ्चुरी बैंकको मल्टी करेन्सी कार्ड «

सेञ्चुरी बैंकको मल्टी करेन्सी कार्ड

डेपुटी गभर्नर शिवराज श्रेष्ठले सेञ्चुरी बैंकले ल्याएको थप तीनवटा प्रविधिमा आधारित सेवाहरूको बुधबारदेखि शुभारम्भ गरे । बैंकले आफ्नो सेवालाई विस्तार गर्ने क्रममम एक्सिस बैंक, इन्डियाको सहकार्यमा नेपालमा नै पहिलो पटक मल्टी करेन्सी कार्डको आइतबारबाट सुरुवात गरेको छ । यसले विदेश जाँदा विश्वका १६ देशमा ती देशको मुद्रा एउटै कार्डमा हाली लैजान सक्ने छन् ।
यसबाट नगद विदेशी मुद्रा अभाग झेलिरहेका ग्राहकहरूलाई केही राहत मिल्नेछ भने अमेरिकि डलर सटही गरी अन्य मुद्रामा भुक्तानी गर्दा हुने विनिमयको नोक्सानी तथा नगद चोरी जस्ता जोखिमलाई समेत न्यूनीकरण गर्ने बैंकले जनाएको छ । यसैगरी, बैंकले एक्सिस बैंक कै सहकार्यमा इन्डो नेपाल ईजी रेमिटको पनि सुरुवात गरेको छ । यो सेवाबाट भारतमा रहेका नेपालीहरूले एक्सिस बैंकका ३ हजार ५ सय शाखा कार्यालयबाट नेपालमा पैसा पठाउन सक्नेछन् । यसले बैंकको ग्राहक संख्यामा वृद्धि हुन गई बैंकको शाख अभिवृद्धि हुनेछ । साथै, बैंकले मोबाइल बंैकिडको नाममा बैंकिड एप्सको पनि सुरुवात गरेको छ । यसबाट ग्राहकहरूले आफ्नो मोबाइलबाट रकम भुक्तानी ट्रान्सफर तथा विभिन्न विलका साथै बैंकमा आबद्ध विभिन्न स्थानमा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्