अमेरिकामा लोकप्रिय एसयूभी

एसयूभी (स्पोर्टस् युटिलिटी भेइकल) सवारी प्रेमिहरूको रोजाइमा पर्ने गरेको छ नै । त्यो पनि नेपालमा मात्र होइन, विश्वका अधिकांश देशहरूमा पछिल्लो समय एसयूभी गाडीको माग बढी नै रहेको देखिन्छ ।
भारतीय बजारमा पनि एसयूभी गाडीको माग बढ्दै गएको तथ्यांकहरू आइरहेका छन् । अमेरिकामा पनि ह्याचब्याक, सेडान तथा अन्य सेगमेन्टको सवारीको तुलनामा एसयूभी नै धेरै बिक्री हुने गरेको छ । अमेरिकामा सन् २०१७ मा १ करोड ७२ लाख कार बिक्री भएको केली ब्लू बुलले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । त्यसमध्ये कम्प्याक्ट तथा मिड–साइज क्रसओभर एसयूभीको हिस्सा करिब ४० प्रतिशत रहेको छ ।
यद्यपि, अमेरिकी बजारमा २०१६ तुलनामा २०१७ मा कार बिक्री १.८ प्रतिशतले गिरावट आएको छ । यस मध्ये सर्वाधिक बिक्री हुने एसयूभीमा टोयोटा ¥याभफोर, निसान रोग, होन्डा सीआर–भी लगायत रहेका छन् । यस्ता छन् अमेरिकामा सर्वाधिक बिक्री हुने एसयूभी :
१२. जीप सेरोक
सन् २०१७ मा अमेरिकामा १ लाख ६९ हजार ८ सय ८२ वटा जीप सेरोक बिक्री भएको थियो । यो अघिल्लो वर्षको तुलनामा १४.९ प्रतिशतले घटेको हो ।
११. सुबारु फरेस्टर
सुबारुको फरेस्टर २०१७ मा अमेरिकी बजारमा १ लाख ७७ हजार ५ सय ६३ वटा बिकेको छ । यो २०१६ को भन्दा ०.६ प्रतिशतले कम भएको कम्पनीले जनाएको छ ।
१०. सुबारु आउटब्याक
यो एसयूभीको बिक्री भने २०१६ को तुलनामा ०१७ मा ३.३ प्रतिशते बढेको छ । २०१७ मा सुबारु आउटब्याक १ लाख ८८ हजार ८ सय ८६ वटा बिक्री भएको केली ब्यूबुकले उल्लेख गरेको छ ।
९. जीप ¥यांलर
अमेरिकी कार उत्पादक कम्पनी जीपको ¥यांलर मोडलको बिक्रीमा सामान्य गिरावट आएको छ । २०१६ को तुलनामा ०१७ मा ०.७ प्रतिशले कमी आए १ लाख ९० हजार ५ सय २२ वटा बिक्री भएको हो ।
८. टोयोटा हाइल्यान्डर
जापानी कार निर्माता कम्पनी टोयोटाको एसयूभी हाइल्यान्डर अमेरिकामा २०१७ मा २ लाख १५ हजार ७ सय ७५ वटा बिक्री भएको छ । यो अघिल्लो वर्षको तुलनामा १२.७ प्रतिशतले वृद्धि भएको केली ब्यूबुकमा छ ।
७. जीप ग्रान्ड सेरोक
जीप ग्रान्ड सेरोक पनि अमेरिकी कम्पनी जीपकै उत्पादन हो । यो एसयूभी २०१७ मा २ लाख ४० हजार ६ सय ९६ वटा बिक्री भएको छ । यो अघिल्लो वर्षको तुलनामा १३.४ प्रतिशतले बढेको हो ।
६. फोर्ड एक्सप्लोरर
अमेरिकी गाडी उत्पादक कम्पनी फोर्डको एक्सप्लोररको बिक्री २०१६ को तुलनामा ०१७ मा ९.१ प्रतिशतले बढेको छ । गत वर्ष फोर्डको एक्सप्लोरर २ लाख ७१ हजार १ सय ३१ वटा बिक्री भएको थियो ।
५. सेब्रोले इक्वीनोक्स
सेब्रोले पनि अमेरिकी गाडी उत्पादक कम्पनी हो । सेब्रोलेको एसयूभी इक्वीनोक्स २०१७ मा २ लाख ९० हजार ४ सय ५८ वटा बिक्री भएको छ । यो अघिल्लो वर्षको तुलनामा १९.९ प्रतिशते धेरै हो ।
४. फोर्ड स्केप
स्केप पनि फोर्ड द्वारा नै उत्पादित एसयूभी हो । फोर्डको स्केप २०१७ मा ३ लाख ८ हजार २ सय ९६ वटा अमेरिकामा बिक्री भएको छ । यो अघिल्लो वर्षको तुलनामा सामान्य वृद्धि भएको हो ।
३. होन्डा सीआर–भी
होन्डा जापानी कार उत्पादक कम्पनी हो । होन्डाको सीआर–भी बिक्रीका आधारमा अमेरिकाको तेस्रो लोकप्रिय एसयूभी हो । यो कार २०१७ मा अमेरिकामा ३ लाख ७७ हजार ८ सय ९५ वटा बिकेको छ । यो अघिल्लो वर्षको तुलनामा ५.८ प्रतिशतले धेरै हो ।
२. निसान रोज
निसान पनि जापानी कार उत्पादक कम्पनी हो । निसान पनि अमेरिकामा लोकप्रिय एयुभी बिक्रेतामा पर्छ । २०१७ मा निसानको रोज एसयूभी ४ लाख ३ हजार ४ सय ६५ वटा बिक्री भएको छ । यो अघिल्लो वर्षको तुलनामा २२.३ प्रतिशतले धेरै हो । प्रतिशतका आधारमा यो सबैभन्दा धेरै बिक्री वृद्धि हो ।
१. टोयोटा ¥याभफोर
टोयोटा ¥याभफोर अमेरिकाको सबैभन्दा धेरै बिक्री हुने एसयूभी हो । जापानी कार उत्पादक कम्पनी टोयोटाका अन्य कारहरू पनि अमेरिकामा लोकप्रिय रहेका छन् । २०१७ मा अमेरिकामा ४ लाख ७ हजार ५ सय ९४ वटा बिक्री भएको केली ब्लूबुकले जनाएको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा १५.७ प्रतिशतले बढेको हो ।