कर्णालीका विमानस्थल जोखिमपुर्ण ! «

कर्णालीका विमानस्थल जोखिमपुर्ण !

कर्णालीका विमान स्थलको स्तरउन्नती गरिने भएको छ । वर्तमान अबस्थाका विभिन्न अफ्ठयाराहरुलाई मध्यनजर गर्दै कर्णालीका पाँचै विमान स्थलको स्तरउन्नती गरिन भएको हो । पछिल्लो समय हवाई दुर्घटनाको अबस्था हेर्दा पहिलो कारण मेसिनरी कमजोरी भएपनि र दोस्रो कारण धावन मार्गमा प्रयाप्त जग्गा नहुनुले दुर्घटनाको जोखिम बढेको ठहराइएको छ ।
भने, विशेषगरी हिमाली जिल्लाका विमानस्थलहरु साघुरो हुँदा जोखिम हुने गरेको पाइएको छ । प्रयाप्त,बस्ने ठाउँ नहुनु,शौचालय व्यवस्थापन समस्या, एक भन्दा बढि हवाई जहाज नअटाउने स्थान लगायतका विद्यमान समस्या समधानको पहल हुने भएको छ ।
कर्णालीका विमानस्थलको अबलोकन गर्न जुम्ला पुगेको संस्कृति पर्यटन तथा नागरिक उडायन मन्त्रालयको टोलीले अब कर्णाली विमानस्थलका मुहार फेरिने बताएको छ । मन्त्रालयका सहसचिव सुरेश आचार्यको टोलीले कर्णालीका धावनमार्गको स्थलगत अवलोकन गरेको छ ।
मुगुको ताल्चा, हुम्लाको सिमिकोट,डोल्पाको जुफाल कालिकोटको कोटवाडा र जुम्ला विमानस्थलको स्थलगत अवलोकन गरिएको सहसचिव सुरेश आचार्यले बताए । उनले भने, हिमाली जिल्लाका धावन मार्गको अबस्था निकै जोखिम पुर्ण छ ।
जग्गा प्रयाप्त भएपनि स्तरउन्नतीको आबश्यक छ । यसमा हाम्रो गम्भीर ध्यानकर्षण भएको पनि उनले उल्लेख गरे । चाडै मन्त्रालयको पहलमा कर्णालीका धावनमार्गको स्तरउन्नती गरिने प्रतिबद्धता गरेका छन् ।
भाडामा एकरुपता गर्न निर्देशन
कर्णालीका विभिन्न जिल्लाबाट उडानहरुले एयरलाईन्सहरुले दुरीको आधारमा नभई मनपरी भाडा लिने गरेको गुनासो बेला बेला आउने गरेको छ । त्यसको प्रत्यक्ष प्रभाव सामान्य आययस्तर भएका मान्छे, विद्यार्थी, विरामीहरुलाई परिरहेको थियो ।
भाडामा एकरुपता गर्न माग पटक पटक भएपनि खासै नभएको गुनासो थियो । मन्त्रालयको टोलीलेले सबै जिल्लाका स्थानियले हवाई भाडामा एकरुपताको माग गरेकाले यसमा सम्बन्धीत जिल्ला प्रशासनले प्रत्यक्ष निगरानी राख्न समेत निर्देशन दिइएको छ ।
एक त यात्रा गर्नै जोखिम छ । त्यसैमाथि मनपरि भाडा गर्दा स्थानिय लाई सास्ती दिने काम भएको भन्दै भाडामा एकरुपता गर्न सबै जिल्ला प्रशासनलाई निर्देशन दिइएको पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए ।
कर्णालीमा रहेका विमान स्थलहरुको सुरक्षाको अवस्था पनि सन्तोषजनक छैन् । त्यसमा पनि मन्त्रालयले पहल गर्ने आश्सान दिए ।
यात्रुहरुले समयमा टिकट नपाएको, भनेको समयमा जहाँज उड्ने नगरेको र दुरीको आधारमा भाडामा एकरुपता नभएको भन्ने जस्ता गुनासा आगामी दिनमा सुन्न नपर्ने उनको भनाई छ ।
रिफ्यूल सेन्टर स्थापना हुने
नेपाल आयल निगमसँग समन्वय गरी प्रत्यक जिल्लामा रिफ्यूल सेन्टर स्थापना गर्नको लागि पनि विशेषन पहल मन्त्रालयको टोलीले भनेको छ । मंहगो भाडा हुनु, भनेकै समयमा उडान नहुनु, एकदिनमा एकमात्रै जहाज आउनुको कारण रिफ्यूल सेन्टर नहुँदाको समस्या हो ।
अब यो समस्यालाई समधान गर्न प्रत्यक जिल्लामा रिफ्यूल सेन्टर स्थापनाका लागि पहल गरिने छ । ढिलो चाडो विमानस्थलका स्तरउन्नती संगै रिफ्यूल सेन्टर स्थापना पनि मन्त्रालयको प्रथामिकता रहने बताइएको छ ।
दुर्गम क्षेत्रमा उडान हुने हवाई सेवालाई सुरक्षित बनाउनको लागी पुर्व अवलोकन गरी संस्कृति पर्यटन तथा नागरिक उडायन मन्त्रालयले आफ्ना योजना बढाउने भएकाले हरेक क्षेत्रका समस्यालाई पाँच वर्ष भित्र समधान गर्न सरकार लागि परि गर्ने जिल्ला समन्वय समितिका प्रमुख लाल बहादुर सार्कीले बताए । जुम्लामा जग्गा प्रसस्त छ । सरकारले पहल गरे हामीले सहयोग गर्छौ उनले भने ।
टिकटमा पाउन नाताबाद हट्छ :
टिकट पाउन सामान्य नागरिक एक हप्ता कुद्नु पर्छ । तर नाता भएका चिनजान भएकाहरुको फोनबाटै टिकप पक्का हुने अबस्था कर्णालीमा फेरिएको छैन् । तर अब टिकट पाउन नाताबाद लगाउने परिपाटीको जरै देखि निर्मुल हुने निमित्त प्रमुख जिल्ला अधिकारी टेक बहादुर बुढ्थापाले बताए ।
उनले भने, हवाई सेवामा सबै नागरिकको सहज पहुँच हुन पर्छ । यदि त्यसो गरेको भेटिए कर्मचारीलाई नियमन गरिने पनि उनले चेतावनी दिए । विमानस्थलको प्रत्यक्ष निगरानी हुन्छ । उनले थपे सबै ढुक्क भएर आए हुन्छ ।
टिकट पाईन भन्ने जस्ता गुनासा अब नहुने जुम्ला विमानस्थलका प्रमुख कैलाश शर्माले बताए । उनका अनुसार धावन मार्ग फराकिलो नहुनु र धावन मार्ग वरीपोरी फोहोर भएका कारण जहाँज दुर्घटना हुन सक्ने जोखिम छ ।
यसमा पर्यटन मन्त्रालय चासो देखाएकाले अब कर्णालीका धावनमार्ग स्तरी हुने आशा व्यक्त गरे । अहिले कर्णालीका जिल्लामा सिता,बुद्ध, तारा एयरलाईन्सले उडान गर्दै आएका छन् ।

सागर परियार

प्रतिक्रिया दिनुहोस्