टिभिएस जुपिटर क्लासिकका ग्राहकले नायिकासँग हेरे ‘शत्रु गते’ «

टिभिएस जुपिटर क्लासिकका ग्राहकले नायिकासँग हेरे ‘शत्रु गते’

टिभिएस मोर्टसका उत्पादन टिभिएस मोटरसाइकल र स्कुटरको नेपालको लागि आधिकारीक वितरक जगदम्बा मोर्टसले आफ्नो टिभिएस जुपिटर क्लासिक ग्राहकहरुलाई प्रियंका कार्कीसँग चलचित्र ‘शत्रु गते’ हेराएको छ । शुक्रबार बेलुका ललितपुरको लबिम मलमा जुपिटर क्लासिकका ग्राहकहरुलाई चलचित्र हेर्ने अवसर प्रदान गरिएको थियो ।
कम्पनीले मोटरसाईकल वा स्कुटरको बिक्रीपश्चात पनि आफ्ना ग्राहकलाई सधै आफूसँग जोडिएर राख्न यस्ता किसिमका अवसर सृजना गर्दै आएको छ । जगदम्बा मोटर्स प्रालिका उपाध्यक्ष दीपक अग्रवालले मोटरसाईकल बिक्रीलाई मात्र प्राथमिकतामा नराखि बिक्रीपश्चातको सेवा र ग्राहकको मनोरञ्जनलाई समेत ध्यानमा राखि यस्ता किसिमका कार्यक्रम आयोजना गर्दै आएको बताए ।
भोलिका दिनमा समेत यस्ता किसिमका कार्यक्रमहरु आयोजना गर्दै जाने उनको भनाइ छ । साथै निकै छोटो समयमा टिभिएस जुपिटर क्लासिक नेपाली युवाको रोजाईमा पर्न सफल भएको उनको भनाइ छ । टिभिएस जुपिटर क्लासिकका ब्राण्ड एम्बेसडर प्रियंका कार्कीले जुपिटर क्लासिकका ग्राहकहरुसँग बसेर चलचित्र हेर्ने मौका जुराई दिएकोमा आफू हर्षित भएको बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्