मदिरा सेवन गर्ने १६ कारबाही «

मदिरा सेवन गर्ने १६ कारबाही

होम साउद, अछाम –वडामा मदिरा पूर्ण रुपमा निषेधित गर्ने निर्णय गरेको मंगलसेन नगरपालिका वडानम्वर १ कुन्तिबण्डालीले मदिरा बिक्रि तथा सेवन गर्ने बिभिन्न ब्याक्तिलाई कारबाही गरेको छ । केही समय अघि वडाले मदिरा पूर्ण रुपमा निषेधित गर्ने निर्णय गरेकोमा उक्त निर्णयलाई कार्यान्वयन गर्दै वडा कार्यालयले १६ जनालाई कारबाही गरेको हो ।
कारबाही पर्नेमा मदिरा बिक्रिबितरण गर्ने देखी, सेवन गर्ने र तास खेल्ने समेत परेको वडा सदस्य तेजराज नाथले जानकारी दिनुभयो । कारबाही बाट १६ हजार जरिवाना समेत संकलन भएको उहाँको भनाई छ । मदिराका कारण बिभिन्न हिंसात्मक घट्ना बढ्दै गएको र महिला तथा बालबालिकालाई सबैभन्दा बढी समस्या रहेको भन्दै मंगलसेन नगरपालिकाले मदिरा ब्यावस्थापन गर्ने निर्णय गरेको थियो ।
यसैलाई आधार मानेर मंगलसेन नगरपालिका वडानम्वर १ ले वडामा मदिरा पूर्ण रुपमा प्रतिबन्ध गर्ने निर्णय पारित गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्