ग्लोबल आईएमई बैंकमा अनलाइन खाता «

ग्लोबल आईएमई बैंकमा अनलाइन खाता

सबैका लागि बैंक भन्ने मुल नाराका साथ स्थापना भएको ग्लोबल आईएमई बैंकले, विज्ञान प्रविधिका नयाँ–नयाँ आयामहरूलाई भियाउने क्रममा अनलाइनमार्फत खाता खोल्ने व्यवस्था मिलाएको छ । विशेषगरी विदेशमा बस्ने नेपालीहरूलाई खाता खोल्न सहज होस भन्ने उद्देश्यले बैंकले अनलाइन खाता खोल्ने व्यवस्था मिलाएको जनाएको छ । यो व्यवस्थाअन्र्तगत अनलाइनमार्फत जुनसुकै समयमा आफूले चाहेको शाखामा खाता खोल्न सकिनेछ । त्यस्तै विदेशमा बस्ने नेपालीहरूले अनलाइनमार्फत खाता खोली इमेलमार्फत खाता नम्बर प्राप्त गर्न सक्नुहुनेछ भने उक्त खातामार्फत सजिल्यैसँग रेमिट्यान्स नेपालमा पठाउन सकिनेछ । यो सेवा प्रयोग गर्नका लागि बैंकको वेबसाइटमा गई तुरुन्त खाता खोल्ने फारम भरी सजिलै खाता खोल्न सकिने पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्