सनराइज बैंकको ७८ औं शाखा जुम्लामा

एक दिनको बास, ज्यानको जोखिम, फजुल खर्च, समयै सेवा नपाइनु जुम्ली नागरिकका वर्षौंदेखिका कष्ट हुन् । अहिलेसम्म पनि ती दुःख फेरिएका छैनन् । सेवा पाए पनि घन्टांै लाइनमा बस्नुपर्ने बाध्यता, पैदल हिँडी रातो पिरो अनुहारमा बैंकमा पुग्दा छिटोछरितो सेवा नपाउने दुःख अहिले नागरिकले भोगिरहेका छन् ।
अझ त एक दिनको बास बसेर पनि भुक्तानी नपाइने । यी कष्टका दृश्यहरू जुम्लाका स्थानीय तहमा बैंक नपुग्दाका हुन् । स्थानीय तह निर्वाचन भएको एक वर्ष पुग्न लागि सक्दा पनि जुम्लाका स्थानिय तहमा कुनै बैंकका शाखाहरू पुग्न सकेका छैनन् ।
गाउँमा बैंक सेवादेखि विकासमा परिवर्तन ल्याउने आश्वासन दिएका जनप्रतिनिधिहरू अहिले स्थानीय तहमा बैंक स्थापना गर्ने विषयमा अबुझक देखिन्छन् । योजनादेखि विभिन्न भत्ताका लाखौं बजेट झोलामै बोकी हिँड्दा ज्यानको जोखिम बढ्दै हुने गरेको तातोपानी गाउँपालिकाका कार्यकारी अधिकृत अंगराज डाँगीले बताए उनले भने ।
गाउँमा बैंकका शाखा नजादा जोखिम बढ्ने गरेको छ । यस विषयमा जनप्रतिनिधि पनि गम्भीर देखिँदैनन् । तर, आफूले निरन्तर स्थानीय तहमा बैंकको शाखा ल्याउन माग गर्न भने नछोडेको उल्लेख गरे । यस्तै माग सबै स्थानीय तहका नागरिक तथा कर्मचारीहरूले गरिरहेका छन् ।
स्थानीय तहमा बैंक नहुँदाका विभिन्न समस्यालाई मध्यनजर गर्दै जुम्लाको गुठीचौर गाउँपालिकामा नेपाल सनराइज बैंकको ७८ औं शाखा स्थापना गरिएको छ । गाउँपालिकाको पहलमा शाखा स्थापना गरिएको कार्यकारी तथा प्रशासकीय अधिकृत केशवराज शर्माले बताए ।
बजेट झोलामा बोक्दाको जोखिम अब हट्ने हो । शर्माले भने, गाउँमै स्थानीय बैंकिङ कारोबार गर्न पाउँदा संघीयताको महसुस गर्ने दाबी गरे । सनराइज बैंकले औपचारिक काम सुरु गरिसकेको छ । गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले भने, सबै नागरिकलाई बैंकिङ पहुँचमा ल्याउँछांै ।
विगतमा स्थानीयले पाएका दुःखलाई मेट्ने प्रयास गरिने बताएका छन् । गाउँमा सनराइज बैंकको शाखा जाँदा स्थानीय उत्साहित भएका छन् । अब गाउँमै बैंकिङ कारोबार गर्न पाइने, एकदिनको बास बस्नुपर्ने अबस्थाबाट छुटकरा पाइने भन्दै स्थानीय प्रेम परियारले खुसी व्यक्त गरेका छन् ।
९ वटै वडालाई पाएक पर्ने गरी बैंक स्थापना भएकोमा सहजता हुने अपेक्षा व्यक्त गरे । सनराइज बैंकले सदरमुकाममा शाखा स्थापना नगरी सिधै स्थानीय तहमा आएको स्थानीय धन्यवाद दिएका छन् ।
अब आयोजनादेखि भत्ता पनि बैंकबाट
गुठिचौर गाउँपालिकामा अब सबै काम बैंकिङ खाताबाट मात्रै हुने भएको छ । गाउँपालिमा हुने विभिन्न विकास निर्माण आयोजनाका रमक भुक्तानी, सामाजिक सुरक्षा, बालपोषण भत्ता, कर्मचारीको तलब लगायत सबै कामहरू बैंकबाटै हुने सनराइज बैंक लिमिटेड जुम्ला शाखाका प्रबन्धक जीवन केसीले बताए । उनका अनुसार, आइतबारबाटै औपचारिक काम सुरु भएको छ भने, आइतबारबाटै सबै वृद्धावृद्धलाई बैंकमा खाता खोल्न लगाइएको छ । आइतबार बैंकमा खाता खोल्न आएका स्थानीय कृष्ण सार्कीले निकै खुसी हँुदै गाउँमा बैंकिङ सेवा दिएकोमा गाउँमा सिंह दरबारको महसुस भएको उल्लेख गरे । त्यस्तै अर्का स्थानीय नन्दप्रसाद न्यौपानले, स्थानीय तहमा बैंक आउनु राम्रो हो । अब यहाबाट पाइने सेवा छिटो छरितो हुनुपर्ने उनको माग छ । यो बैंकसँगै जुम्लाका सिंजा गाउँपालिकाको नराकोटमा नेपाल बंगलादेश बैंकको शाखा स्थापना भएको छ । भने, अझै ५ वटा स्थानीय तह बैंकविहीन छन् ।