गरिबीका कारण शिक्षाबाट वञ्चित «

गरिबीका कारण शिक्षाबाट वञ्चित

रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–१० झुलाठाँटीका दुईजना बालबालिका आर्थिक अभावका कारण विद्यालय जाने गरेका छैनन् । १० वर्षका गोपाल खड्का र ८ वर्षका पूर्णबहादुर खड्का आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित भएका हुन् । अत्यन्तै गरिब परिवारका गोपाल र पूर्णबहादुरका बुबा चंखलाल खड्काले मजदुरी गरेर ज्यान पाल्दै आएका छन् भने आमा अर्कैसँग बिहे गरेर गएपछि यस्तो समस्या भएको स्थानीय विपना पुनले जानकारी दिइन् ।
बुबाले दिनभर ज्याला मजदुरी गरेर कमाएको पैसाले एक छाक टार्न धौधौ हुने गरेको उनीहरूको पीडा छ । घरमा जग्गा जमिन पनि केही नभएको र बुबा चंखलाल पनि पटकपटक बिरामी हुँदा दैनिक रूपमा मजदुरी गर्नसक्ने अवस्थासमेत छैन । जिल्ला तथा स्थानीयस्तरमा बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्था र निकायले सहयोग हुने आशा उनीहरूको छ । “आफ्ना साथीहरू वार्षिक परीक्षा सकेर विद्यालयबाट घर फर्किरहेको देख्दा यी दुईभाइ भने यसरी स्कुल जाने दिन कहिले होला भनेर प्रश्न गर्ने गरेका छन्,” विपनाले भनिन् ।

प्रतिक्रिया दिनुहोस्