प्यूठानको जुम्रीमा एनआईसी एसिया बैंकको नयाँ शाखा

एनआईसी एसिया बैंकको नयाँशाखा प्यूठान नगरपालिका–४, जुम्रीस्थित जुम्री शाखाको बुधबार एक समारोहकाबीच प्यूठान उद्योग वाणिज्य सघंका अध्यक्ष ज्ञ्यामुराम न्यौपानेबाट विधिवत् रूपमा औपचारिक उद्घाटन भयो । शाखा सञ्जाल, एटीएम संख्या, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरूको आधारमा एनआईसी एसिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरूमध्ये एक रहेको भन्दै बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरूमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको पनि बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले जनाए ।