भियतनाम नेपाल पर्यटन प्रबद्र्धन

नेपालको लुम्बिनीलाई पर्यटकीय केन्द्रको रूपमा प्रबद्र्धन गर्न भियतनामी एयरलाइन्सबाट लुम्बिनीसम्म सिधै हवाई सम्पर्क कायम हुनुपर्नेमा जोड दिइएको छ । भियतनाम एक्स्पोमा सहभागी हुन प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भियतनाम पुगेका नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले समाजवादी गणतन्त्र भियतनामका राष्ट्रपति कार्यालयका मन्त्री दाओ भिट टुडसँंग सोमबार भएको शिष्टाचार भेटघाटमा यसबारे जोड दिइएको हो । भेटघाटमा लुम्बिनीलाई पर्यटकीय केन्द्रको रूपमा विकास गर्नुपर्नेमा जोड दिइएको थियो । साथै नेपालको कृषि क्षेत्रमा लगानी अभिवृद्धि तथा प्रविधि हस्तान्तरण गर्ने विषयमा पनि छलफल भएको थियो ।
भेटघाटका अवसरमा उच्चस्तरीय प्रतिनिधिमण्डलको आदान–प्रदानका विषयमा पनि जोड दिइएको थियो । अप्रिल ११ देखि १४ (चैत २८ गतेदेखि वैशाख १ गते) सम्म हुने चारदिने २८ औ भियतनाम इन्टरनेशनल ट्रड फेयर (भियतनाम एक्स्पो)मा सहभागी हुन चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय एक प्रतिनिधिमण्डल त्यसतर्फ छन् ।