नाडाको अध्यक्षमा दाहाल, दाहाल प्यानल नै निर्वाचित «

नाडाको अध्यक्षमा दाहाल, दाहाल प्यानल नै निर्वाचित

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको अध्यक्षमा शम्भुप्रसाद दाहाल निर्वाचित भएका छन् । सोमबार भएको नाडाको ४१ औं साधारणसभाले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । दाहालले निकटतम प्रतिद्वन्द्वी रामप्रसाद कँडेललाई भारी मतान्तरले पछि पारेका हुन् । नाडाको नयाँ कार्यसमितिमा सबै दाहाल पक्षका सदस्यहरू निर्वाचित भएका हुन् ।
कुल ७ य ५१ मत खसेकोमा कँडेलले ६८ मत ल्याउँदा दाहालले ६ सय ६० मत सहित विजयी हासिल गरेका हुन् । दाहाल यसअघि नाडाका उपाध्यक्ष थिए । शम्भुप्रसाद दाहाल सिप्रदी ट्रेडिङका निर्देशक हुन् । नाडाको १४ सदस्य पदमा कृष्णप्रसाद दुलालले ६ सय ४१ मत, करणकुमार चौधरीले ६ सय ८४ मत, अभिक ज्योतिले ६ सय ९७ मत, सुनील रिजाल ६ सय ५६ मत प्राप्त गरी विजयी भएका हुन् । त्यस्तै गरी सुरेन्द्रकुमार उप्रेती (सुरेश)ले ६ सय ६२ मत, अनुपकुमार बरालले ७ सय ५ मत, विक्रम सिंघानियाले ६ सय ८७ मत, प्रकाश कपुरीले ६ सय ९१ मत पाएका थिए ।
यसैगरी सदस्यमा निर्वाचित सुरज भट्टराईले ६ सय ८३ मत, दीपक अग्रवालले ६ सय ५८ मत, मिलनबाबु मल्लले ६ सय ८१ मत, पंकज अग्रवालले ६ सय ५० मत, नन्दकिशोर शाहीले ५ सय ७० मत र नीलमणि पाठक(राम)ले ६ सय ३४ मत प्राप्त गरेका थिए । कार्यसमित सदस्यमा सबैभन्दा धेरै मत अनुपकुमार बरालले पाएका छन् । उनले कुल ७ सय ५१ मत खसेकोमा ७ सय ५ मत प्राप्त गरेका थिए ।
नाडाका नवनिर्वाचित अध्यक्ष दाहालले सामूहिक नेतृत्वमार्फत अटोमोबाइल क्षेत्रको विकास र विस्तारमा प्रतिबद्ध हुने बताए । नाडाको नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । नाडाको विधानअनुसार निर्वाचित कार्यसमितिबाटै अन्य पदाधिकारीको चयन हुने व्यवस्था छ । नयाँ कार्यासमितिले दुईजना उपाध्यक्ष, एकजना महासचिव, एक जना सचिव, एकजना कोषाध्यक्ष र एक सह–कोषाध्यक्ष निर्वाचित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्