वैशाखदेखि उद्योग पनि पूरै लोडसेडिङमुक्त

नेपाल विद्युत् प्राधिकरणले वैशाखदेखि उद्योगसहित पूर्ण रूपमा लोडसेडिङ अन्त्य गर्ने भएको छ । डेढ वर्षदेखि काठमाडौं उपत्यका र एक वर्षदेखि मुलुकभर सर्वसाधारणका लागि लोडसेडिङमुक्त बनाएको प्राधिकरणले वैशाख अन्तिम सातादेखि उद्योगलाई पनि लोडसेडिङमुक्त बनाउने भएको हो । भारप्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठका अनुसार हाल बिहान जगम्दबा स्टिल र बेलुका अन्य उद्योगका लागि करिव तीन घण्टा लोडसेडिङ हुँदै आएको छ । उनका अनुसार उद्योगधन्दाको माग करिब २ सय ७० मेगावाट छ । नेपाल विद्युत् प्राधिकरणले वैशाखदेखि उद्योगसहित पूर्ण रूपमा लोडसेडिङ अन्त्य गर्ने भएको छ । डेढ वर्षदेखि काठमाडौं उपत्यका र एक वर्षदेखि मुलुकभर सर्वसाधारणका लागि लोडसेडिङमुक्त बनाएको प्राधिकरणले वैशाख अन्तिम सातादेखि उद्योगलाई पनि लोडसेडिङमुक्त बनाउने भएको हो । भारप्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठका अनुसार हाल बिहान जगम्दबा स्टिल र बेलुका अन्य उद्योगका लागि करिव तीन घण्टा लोडसेडिङ हुँदै आएको छ । उनका अनुसार उद्योगधन्दाको माग करिब २ सय ७० मेगावाट छ । पहिला सर्वसाधारणजस्तै उद्योगधन्दाले पनि दैनिक १८ घण्टासम्म लोडसेडिङ बेहोर्नुपर्ने अवस्था भएपनि हाल भने बिहान–बेलुका ३÷४ घण्टामा सीमित भएको छ । वैशाखदेखि पूर्ण रूपमा लोडसेडिङमुक्त हुनेगरी प्राधिकरणले तयारी अघि बढाएको छ । भारप्रेषण केन्द्रको निरीक्षणमा पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उद्योगधन्दालाई पनि लोडसेडिङमुक्त गर्न निर्देशन दिएपछि प्राधिकरणले वैशाखदेखि नै अन्त्य गर्ने गरी तयारी अघि बढाएको हो । “अहिलेको विद्युत्को माग र आपूर्तिको अवस्था तथा वैशाखसम्मको प्रक्षेपणको आधारमा वैशाख अन्तिम सातादेखि लोडसेडिङ अन्त्य गर्न तयारी अघि बढाइएको छ,” प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने । प्राधिकरणका अनुसार निजी क्षेत्रको १ सय ५१ मेगावाट र भारतबाट आयातितसहित हाल ९ सय ५० मेगावाट केन्द्रीय ग्रीडमा उपलब्ध छ भने करिब २ सय ७० मेगावाट बराबर लोडसेडिङ छ । प्रवक्ता अधिकारी आगामी वैशाखसम्म विद्युत् प्राधिकरणको उत्पादन बढेर ४ सय ४० मेगावाट पुग्न सक्ने, निजी क्षेत्रको २ सय ५० मेगावाटसम्म पुग्न सक्ने तथा भारतबाट ५ सय मेगावाटसम्म पुग्न सक्ने देखिएकोले अहिलेको २ सय ७० मेगावाटको उद्योगधन्दाको लोडसेडिङलाई अन्त्य गर्न सकिने बताउँछन् । हालै भारतसँग विद्युत् प्राधिकरणले गरेको सम्झौतासँगै १ सय २० मेगावाट नियमित हुने, कुलेखानी जलाशयलाई पूर्ण रूपमा सञ्चालन गर्न सकिने, पालिया–धनगढीबाट १२ मेगावाट थप गर्न सकिने लगायतका कारणले पनि उद्योगधन्दालाई लोडसेडिङमुक्त सहज हुने अनुमान गरिएको छ । पछिल्लो समयमा उपभोक्ता आफैं सहज भएर ऊर्जा कम खपत गर्ने एलईडी बल्बहरू प्रयोग गर्न थाल्नु, पिक आवरमा विद्युतीय उपकरणहरू कम प्रयोग गर्नु लगायतका कारणले विद्युत् माग घटेको कारण पनि विद्युत् माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सहज हुने प्रवक्ता अधिकारी बताउँछन् । हिउँदमा १४ सय मेगावाटको माग पुग्ने अनुमान गरेपनि १२ सयदेखि १२ सय ५० मेगावाटको हाराहारीमा मात्र रहेको प्राधिकरणले जनाएको छ । २४ घण्टानै विजुली चाहिने कतिपय उद्योगधन्दाहरू लोडसेडिङको मारमा परिरहेको बेला यसले राहत दिने अनुमान गरिएको छ ।