संखुवासभामा ट्याक्टर दुर्घटनाका छुट्टा छुट्टै घट्नामा ४ जनाको मृत्यु «

संखुवासभामा ट्याक्टर दुर्घटनाका छुट्टा छुट्टै घट्नामा ४ जनाको मृत्यु

संखुवासभा-संखुवासभाको चैनपुर नगरपालिका ३ तिखिढुङ्गामा आईतबार साँझ ट्याक्टर दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । चैनपुर २ सल्लेरी स्थीत अपर पिलुवाखोला हाईड्रोपावरका लागि बिद्युतको पोल लोड गरि तिखिढुङ्गाबाट सल्लेरी तर्फ जाँदै गर्दा को २ त ५८०५ नं. को ट्याक्टर सडकबाट करिव ५० मिटर तल दुर्घटनामा पर्दा ट्याक्टरमा सवार सोहि सोहि हाईड्रोपावरमा लेवर काम गर्नै मादि नगरपालिका ७ बस्ने ३० बर्षिय राजेन्द्र राई, र बर्ष ३२ का हर्क बहादुर राईको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त ट्याक्टर दुर्घटनामा घाईते भएका १८ बर्षिय कृष्ण पौडेलको उपचारका क्रममा चैनपुर अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । ट्याक्टर चालक सुनसरी ईटहरी उपमहानगरपालिका १६ बस्ने रमेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ भने बतन नखुलेका सहचालक साङ्गे सेर्पा फरार रहेको पहरीले बताएको छ ।
यसै बिच आईतबारै संखुवासभाको चिचिला गाउँपालिका १ कागतेमा पनि को २ त ५९८ नं को ट्याक्टरमा चढ्ने क्रममा लढ्दा घाईते भएका चिचिला ४ निबासि ५७ बर्षिय कृष्ण बहादुर थापाको उपचारको क्रममा खाँदबारी अस्पतालमा मृत्यु भएको छ । ट्याक्टर चालक चिचिला २ का २० बर्षिय उमेश राईलाई पक्राउ गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरिक्षक सन्तोष खड्काले जानकारी दिएका छन् ।
संखुवासभामा नयाँ सडक खन्नेक्रमले तिव्रता पाएसंगै सवारी दुर्घटनाका घट्नाहरु उल्लेख्य रुपमा बृद्धि भएको प्रहरीको भनाई छ ।

कृष्णराज शाक्य

प्रतिक्रिया दिनुहोस्