विश्व व्यापारको खेल

अमेरिका र चीनबीचको व्यापार विवाद चर्कंदो छ । स्टिल र आल्म्युनियमको कर लगाएपछि अमेरिकी प्रशासनले दशकौंदेखि बौद्धिक सम्पत्तिको चोरीलाई दण्डित गर्ने भन्दै १ हजार ३ सय ३३ वस्तुमा २५ प्रतिशत कर लगाउने योजना बनाएको छ । चीनले अमेरिकी वस्तुमा २५ प्रतिशत कर लगाउने जवाफी कारबाही अगाडि बढाएको छ । ट्रम्प थप वस्तुमा कर लगाउने पक्षमा छन् । यस्तोमा अर्थशास्त्रीहरू र बजार विश्लेषकहरू अब कस्तो पाइला चालिने हो भन्ने अनुमान निकाल्न थालेका छन् । ऐतिहासिक अनुभवलाई मानेर कसैले यसको विश्लेषण गर्न सक्छ, तर आजको आर्थिक, राजनीतिक र सामाजिक अवस्थामा त्यो सही हुन सक्दैन । खेलको नियमअनुसार बढी अन्तर्दृष्टि आवश्यक हुन्छ । यसलाई समन्वयात्मक खेल र असमन्वयात्मक खेल दुई किसिमको मान्न सकिन्छ । जे भए पनि यसले आर्थिक र नीति निर्माता तथा बजारका सन्दर्भमा ठूलो असर पार्ने देखिन्छ ।
हालका दशकका व्यापारको तीव्र विस्तारले उत्पादन र उपभोगका लागि अन्तरर्देशीय आबद्धताको सञ्जाल बढेको छ । आपूर्ति शृंखला अन्तर्राष्ट्रिय सम्पर्कको महत्वपूर्ण माध्यम बनेको छ । देशभित्रको आपूर्तिमा पूर्ण वा आंशिक रूपमा देशबाहिरको उत्पादनको ठूलो अंश रहेको छ । प्राविधिक नवप्रवर्तनका कारण उत्पादक र उपभोक्ताबीचको अवरोध घट्दै गएको छ । यी सम्पर्कहरूको विस्तारले सीमा वारपारको सम्बन्धलाई झनै सहज बनाउँदै लगेको छ । दीर्घकालीन सम्बन्ध स्वस्थ बनाउन व्यक्ति र समग्र प्रणालीले प्रभावकारी काम गर्नुपर्छ र यो सहकार्यका दृष्टिकोणमा आधारित हुनुपर्छ । यसो भएन भने वृद्धि र कल्याणकारिताको तह घट्नेछ । अहिले अमेरिका र चीनबीचको विवादले गम्भीर विनाश निम्त्याउन सक्ने अवस्था आएको छ, यदि संरक्षणवाद र व्यापार युद्धतर्फ यो लम्कियो भने ।
अन्तर्राष्ट्रिय आर्थिक अन्तक्र्रियालाई सबल पार्ने हो भने यसलाई सढी ढंगले हेरिनुपर्छ । विश्व व्यापारका लागि धेरै सहज वातावरण बनिरहेको सन्दर्भमा यो समस्या अघि बढ्नु राम्रो होइन । पहिलो, व्यापारको फाइदा धेरैभन्दा धेरै जनताले पाउनुपर्छ । दोस्रो, विश्व व्यापारमा प्रमुख साझेदार भनेका उदीयमान अर्थतन्त्रहरू यस प्रक्रियामा जोडिनु हो । उनीहरू विश्व व्यापार संगठनजस्ता संस्थामा आबद्ध हुनु हो । यसले भन्सार र गैरभन्सार अवरोधलाई कम गर्दै लगेको छ । यी मान्यताहरूले अत्यधिक आशावादलाई प्रमाणित गर्छ, जसबाट राष्ट्रवादी लोकप्रियतावाद जन्मन्छ । यसबाट व्यापारमा नयाँ अवरोध खडा गरिन्छ, नयाँ सम्झौता खोजिन्छ ।
त्यसो भए अबको बाटो के त ? अहिलेका व्यवस्थाअनुसार अन्तर्राष्ट्रिय आर्थिक व्यवस्थाले सहकारीको खेल खेल्नुपर्छ, जसमा सहभागीहरूले निःशुल्क र स्वच्छ व्यापारको प्रतिबद्धता गर्छन् । प्रतिबद्धताहरू विश्वसनीय, प्रमाणित गर्न सकिने हुनुपर्छ र संयन्त्रहरूले नियमनमा सहयोग पु¥याउनुपर्छ, जसले गर्दा ठगी गर्नेहरूले प्रभावकारी दण्ड भोग्न सकून् ।
वर्तमान व्यापार तनावले यस्तो सहकारी खेललाई ध्वस्त पार्न सक्छ । आफ्नो स्वार्थमा मात्रै केन्द्रित रहने कामले व्यक्ति र समूह दुवैका लागि घातक हुन सक्छ, तर यस्तो अवस्थामा सबै देश घाटामा जान सक्छन् । चीनजस्ता देशले आफ्नो अर्थतन्त्रलाई गैरभन्सार अवरोध हटाएर तीव्र गतिमा उदारीकरण गर्नुपर्छ र अन्तर्राष्ट्रिय रूपमा स्विकारिएको बौद्धिक सम्पत्तिको मान्यतालाई पालना गर्नुपर्छ । त्यस्तै व्यापार व्यवस्थालाई आधुनिकीकरण गर्नुपर्छ । बहुपक्षीप सुपरिवेक्षण र मेलमिलापका संयन्त्रहरू पुनरुत्थान गर्नुपर्छ । जी–२० को कामलाई सुधार्नुपर्छ । सहकारीको खेलमा कति देश इच्छुक छन् भन्ने थाहा पाउन सकिन्छ । स्वच्छ व्यापारका लागि यसबाट बलियो सहकारी संस्था स्थापना गर्न सहयोग पुग्छ । विकसित र उदीयमान अर्थतन्त्रहरूमा सीमान्तकृत र एक्ल्याइएको भावनाका विरुद्ध लड्न यस्तो सहकार्य महत्वपूर्ण हुन्छ ।
मोहमक ए एल–एरियन