नेपालका बाख्रा गोठालाले गोल्ड मेडल जिते

नयाँ दिल्ली-कुनै समय नेपालमा बाख्रा गोठालाका काम गर्ने जितु राईले अस्ट्रेलियामा १० मिटर एयर पिस्टल स्पर्धामा नयाँ रेकर्डका साथ गोल्ड मेडल जितेका छन् ।जीतुले भारतकोतर्फबाट खेल्दै २३५.१ अंकका साथ पहिलो स्थान हासिल गरेर भारतलाई स्वर्ण पदक दिलाएका हुन् ।१२ वर्ष अगाडि उनी नेपालको सानो गाउमा मक र आलूको खेती किसानी गर्ने गर्थे ।
नेपालको संखुवासभाको गाउमा जन्मेका उनका पिता भारतीय सेनामा काम गर्ने गर्थे । उनका पिताले पाकिस्तान र चीनको बिरुद्धमा लडाइमा पनि भाग लिएका थिए ।२० वर्षको उमेरमा उनी भारतीय सेनामा भर्ती भएका थिए । उनी सानैदेखि बेलायती सेनामा भर्ना हुन चाहन्थे ।