Logo

२० वर्षमा बसपार्क

जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिका–१ स्थित विष्णुपँधेरामा झण्डै १४ रोपनी जग्गामा बसपार्क निर्माण भएको छ । आर्थिक वर्ष ०५४-५५ बाट निर्माण सुरु भएको बसपार्क करिब २० वर्षको अवधिमा सम्पन्न हुन लागेको हो ।
स्थानीय गण्डकी यातायात बस व्यवसायी समितिको सक्रियतामा निर्माण सुरु भएको बसपार्कमा करिब २ करोड ३० लाख लगानी भएको छ । समितिमार्फत झण्डै १ करोड लगानी भएको छ भने नेपाल सरकारका तर्फबाट २० वर्षको अवधिमा १ करोड ३० लाख खर्च भएको छ ।
“निर्माण सुरु भएदेखि २०६८ सम्म बस व्यवसायीले समितिमार्फत काम भएको थियो ।” गण्डकी बसपार्क व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अर्यालले भने, “२०६८ पछि नेपाल सरकारले बजेट विनियोजन गर्न थालेपछि निर्माण कार्यले तीव्रता पाएस“गै बसपार्क सञ्चालनको अन्तिम चरणमा पुगेको छ ।” विष्णुपँधेराको खोल्सामा बजार क्षेत्रबाट निस्कने माटोले पुरेर बसपार्क बनाउन पर्दा निर्माणमा समय लागेको उनले बताए ।
बसपार्क बनेपछि पहाडी राजमार्ग त्यसमा पनि सा“धुरो सडकमा पार्किङ् गर्ने समस्या हटने भएपछि स्थानीय व्यवसायी तथा यातायात व्यवसायी उत्साहित देखिएका छन् । जथाभावि पार्किङ गर्नुपर्ने र यात्राका लागि सवारीसाधन खोज्नुपर्ने बाध्यता हटने भएपछि स्थानीय पनि खुसी छन् ।
जिल्ला सदरमुकामबाट छुट्ने साना सवारीसाधनलाई तल्लो बसपार्क तथा पोखरा, काठमाडौं र बुटवललाई छुटने ठूला सवारीसाधनलाई माथिल्लो बसपार्कबाट छुटाउने व्यवस्था समितिले मिलाएको छ । समितिका अनुसार साना साधनलाई करिब ४ रोपनी र ठूला सवारी साधनलाई ९ रोपनी जग्गामा पार्किङको व्यवस्था गरिएको छ ।
जग्गा अभाबमा बजार क्षेत्रबाट केही दूरीमा बनेको बसपार्क सुरक्षाका दृष्टिले कमजोर रहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार समितिमार्फत जनपथ प्रहरीको काउन्टर राख्न सके २४सै घण्टा सवारी साधनलाई पार्किङ गरी राख्न समस्या हुने थिएन ।
“बसपार्कलाई सुरक्षित बनाउन समितिले स्थानीय सरकार नगरपालिका र सुरक्षा निकायस“ग समन्वय गरेको छ ।” समितिका अध्यक्ष अर्यालले भने, “लामो प्रयासमा बनेको बसपार्कलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सरोकारवाला निकायस“ग छलफल गरिएको छ ।” राज्यको ठूलो बजेट खर्च गरेर बनेको बसपार्क सञ्चालन गर्न साना समस्याले रोक्न नहुने अर्यालले बताए ।
प्रकाश डोटेल

प्रतिक्रिया दिनुहोस्