ओपोद्वारा नयाँ सेल्फी एक्स्पर्ट एफफाइभ सार्वजनिक

सेल्फी एक्स्पर्ट एन्ड लिडर, ओपो मोबाइल्सले नेपाली बजारमा आफ्नो नयाँ मोडल ओपो एफफाइभ मंगलबार सार्वजनिक गरेको छ । साथै, आफ्नो पुरानो ब्रान्ड स्लोगनलाई नेपाली बजारमा आफूले प्राप्त गरेको सफलतासँग मेल खाने किसिमले ‘सेल्फी एक्स्पर्ट एन्ड लिडर’मा परिस्कृत गरिएको घोषणा समेत गरेको छ । मूल्य ३३ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको ओपो एफफाइभ नोभेम्बर १५ देखि नेपालभरका प्रमुख मोबाइल विक्रेता तथा बिक्री केन्द्रमार्फत उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
३० वैदेशिक बजारमा उपस्थित ओपोका उत्पादन तथा सेवालाई विश्वभरका २० करोडभन्दा बढी युवा उपभोक्ताहरूले मन पराएका छन् । सार्वजनिक गरिएको ओपो एफफाइभ नेपाली बजारमा ब्राण्डकै पहिलो एफएचडी+ फूल स्क्रिन डिस्प्ले मोडल हो । यसमा कम्पनीले अत्याधुनिक एआई ब्युटी (सेल्फीमा रहेका व्यक्तिका लागि विशेष व्यक्तिगत आधारमा ब्युटिफिकेसन उपलब्ध गराउने) प्रविधि उपलब्ध गराएको छ । यो प्रविधिले सेल्फी फोटोग्राफीको गुणस्तरलाई नै नयाँ आयाम प्रदान गर्ने कम्पनीको दाबी छ । एफफाइभ सार्वजनिक गर्न आयोजित कार्यक्रम मार्फत नै कम्पनीले युवा पुस्तालाई छनोटको थप अवसर प्रदान गर्ने सोचका साथ एफफाइभ सिक्स जीबी एडिसन र एफफाइभ योथका बारेमा पनि संक्षिप्त परिचय दिइएको थियो । यी दुई भ्यारियन्ट भने आउने महिनाहरूमा क्रमिक रूपमा सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ ।
सार्वजनिक समारोहमा नेपाल आइडलका उत्कृष्ट तीन प्रतिस्पर्धीहरू बुद्ध लामा, निशान भट्टराई र प्रदाप दासको समेत उपस्थिति थियो । “हामी नयाँ ओपो एफफाइभमा समाहित गरिएको एआई प्रविधिबाट निकै प्रभावित भएका छौं । विशेषगरी सेल्फीका लागि यो निकै उपयोगी छ ।” कार्यक्रममा बोल्दै उनीहरूले भने, “यसबाट खिचिएका तस्बिरहरू निकै गुणस्तरीय, आकर्षक देखिनुका साथै प्राकृतिकसमेत छन् । ओपोले नेपाली युवाको चाहना र ट्रेन्डलाई नजिकबाट नियाल्दै नयाँ उत्पादन सार्वजनिक गरेको हामीले पायौं ।”
“ओपोका लागि उपभोक्ताको खुसी र सन्तुष्टि सधंै प्राथमिकताको विषय हो । प्राविधिक रूपमा नवप्रवर्तनात्मक, उत्कृष्ट तथा गुणस्तरीय उत्पादन पस्कँदै हामी आफ्ना उपभोक्तालाई हर क्षण रमाउँदै आफ्ना अनुभव संगाल्न र साँच्दै एकताको सुत्रमा बाँध्न चाहान्छौँ,” ओपो नेपालका लागि प्रमुख कार्यकारी अधिकृत बबी झाओले भने, “हाम्रो नयाँ भेट एआई ब्युटी प्रविधि सुसज्जित सेल्फी एक्स्पर्ट एन्ड लिडर ओपो एफफाइभले सबैको समग्र माग तथा आवश्यकताको पूर्ति गर्ने हामीले विश्वास लिएका छौं ।”
ओपोको नयाँ ब्रान्ड स्लोगन ‘सेल्फी एक्पर्ट एण्ड लिडर’ले उपभोक्तालाई उत्कृष्ट सेल्फी अनुभव प्रदान गर्नुका साथै श्रेणीकै अग्रणी हुने ओपोको लक्ष्य प्रतिविम्बित गर्छ । सन् २०१२मा पहिलो ब्युल्ट–इन ब्युटिफाई सफ्टवेयरदेखि सन् २०१३ मा २ सय ६ डिग्री कोणमा घुम्ने क्यामेरा फोन (एनवान) सार्वजनिक गर्नुका साथै गु्रप सेल्फीका लागि १ सय २० डिग्री वाइड एङ्गल ग्रुप क्यामेरा फञ्सनसहितको एफथ्री सार्वजनिक गरेको ओपो उद्योगकै सेल्फी एक्सपर्ट हुनुका साथै निरन्तर अग्रणीका रूपमा रहँदै आइरहेको छ । अब ओपो एफफाइभको साथमा नेपाली बजारमा कम्पनीले आफ्नो अग्रतालाई थप सुदृढ बनाउने कम्पनीको विश्वास छ