राष्ट्रिय महिला भलिबललाई केएनपी जापानको साथ «

राष्ट्रिय महिला भलिबललाई केएनपी जापानको साथ

केएनपी जापन प्रालिले शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन हुन भएको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको मुख्य प्रायोजन गरेको छ । आइतबार आयोजित कार्यक्रममा शेरबहादुर स्मृति प्रतिष्ठानकी संरक्षक गमली खड्का र केएनपी जापान प्रालिका नेपाल प्रमुख मनोजकुमार मिश्रबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । आगामी वैशाख २१ देखि २५ गतेसम्म आयोजना हुने राष्ट्रिय महिला भलिबलका लागि केएनपीले रमक बृद्धि गरि प्रतिष्ठानलाई ६ लाखको प्रयोजन सम्झौता गरेको छ । सम्झौताअनुसार प्रतियोगिता केएनपी जापान चौथो राष्ट्रिय महिला भलिबलको नामले सञ्चालन हुनेछ ।
तेस्रो संस्करणमा ५ लाखको प्रायोजन गरेको केएनपी जापन प्रालिले निरन्तरता दिँदै १ लाख वृद्धि गरेको हो । मुख्य प्रायोजक केएनपी जापानले मञ्च व्यवस्थापन, गेट, तुल ब्यानरमा अतिरित्त खर्च गर्नेछ । कार्यक्रममा केएनपी जापान प्रालिका नेपाल प्रमुख मिश्रले नेपालको राष्ट्रिय खेलको बिकास र विस्तारमा संस्था जोडिन पाएकोमा गौरम्बित भएको धारणा ब्यक्त गरे ।
सो अवसरमा नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा,उपाध्यक्ष यमवहादुर गुरुङ, महासचिव जितेन्द्रवहादुर चन्द, शिवम् सिमेन्टका बजार प्रमुख केशव अर्याल प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्कालगायतको उपस्थिति छ । प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ । तीन विभागीय टोलीसँगै न्यू–डायमन्ड एकेडेमी, पश्चिमाञ्चल भलिबल टोली र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता छ । प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार पुरस्कार पाउनेछन् । त्यस्तै उत्कृष्ट खेलाडीले १० हजार र विधागततर्फ उत्कृष्ट ७ जनाले जनही ५ हजार पुरस्कार पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्