चामेमा दैनिक २ सय पर्यटक «

चामेमा दैनिक २ सय पर्यटक

लमजुङको बेसीसहर हुदै हिमालपारीको जिल्ला भनेर परिचित मनाङ जाने सडक मार्ग तथा पैदल मार्ग छ । उक्त मार्गलाई अन्नपूर्ण पैदल मार्ग भनिन्छ । लमजुङको बेसीसहर हुँदै मनाङ जिल्ला पुगी थोरङलापास गरी मुस्ताङ जिल्लाको मुक्तिनाथ मन्दिर पुगिन्छ । यो अन्नपूर्ण पैदल मार्गमा हिउँद महिना सकिएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि भएको छ । लमजुङको बेसीसहर हुँदै मनाङ घुम्न आउने पर्यटकहरूको मात्र चामेसम्म आइपुग्दा दैनिक २ सय जनाभन्दा बढी पर्यटकहरू मनाङको सदरमुकाम चामे आउने गरेको जिल्ला प्रहरी कार्यालय पर्यटक चेकजाँच कक्ष मनाङले जानकारी दिएको छ ।
हिउँदमा देशका बिभिन्न सहरहरूमा जाडो छल्नका लागि गएका स्थानीयवासीहरू पनि करिब–करिब घर फर्किसकेका छन् । यता आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन बढेसँगै होटल व्यवसाहीहरूले पनि राम्रो कमाई भएको सदरमुकाम नजिकै तलेखुमा होटल तथा लज सञ्चालन गर्दै आएकी फुलमाया गुरुङले बताइन् । बाह्यपर्यटक बाहेक पनि आन्तरिक पर्यटकहरूको पनि मनाङ घुम्न आउनेको संख्यामा वृद्धि भएको छ । ठूलो पर्दाको नेपाली चलचित्रमा ‘ए मेरो हजुर २’ को शीर्ष गीतको सम्पूर्ण छायांकन मनाङ जिल्लाको नेस्याङ गाउँपालिका खाङसारमा रहेको विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल र मनाङ जिल्लाको बिभिन्न रमणीय स्थालहरूमा गरिएको थियो ।
सोही चलचित्रको माध्यमबाट पनि मनाङ जिल्लाको राम्रै प्रचार–प्रसार भएकाले पनि आन्तरिक पर्यटकहरू बढेको आन्तरिक पर्यटकहरूबाट बुझ्न सकिन्छ । आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै होटल व्यवसाहीमा पनि बेस्तताको चित्रण देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्