Logo

एलजी डिलर्स समिट–२०१८ सम्पन्न

एलजीले आफ्नो डिलर्स समिट २०१८ शुक्रबार गोकर्ण फोरेस्ट रिसोर्टमा सम्पन्न गरेको छ । कार्यक्रममा एलजीले आफ्ना काठमाडौंका सबै र बाहिरका केही डिलरहरूलाई बोलाएको जनाएको छ । उक्त अवसरमा लेट्स ग्रो टुगेदर अर्थात् सँगसँगै प्रगति गरौं भन्ने मूलनाराका साथ एलजीले आफ्नो २०२० को भिजन सीजी इलेक्ट्रोनिक्सका भीपीएससी साबुले सेयर गरे ।
त्यही अवसरमा एलजीले आफ्नो नयाँ उत्पादन पनि लन्च गरेको जनाएको छ । त्यही अवसरमा एलजीले आफ्ना डिलरहरूलाई उत्कृष्ट कार्यसम्पादन र दीर्घसेवा सम्मान पनि गरेको नेपालमा एलजीको आधिकारीक विक्रेता चौधरी ग्रुपअन्तर्गत सीजी इम्पेक्स प्रालिले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्