लक्ष्मी केयरसकोे १० औं माउन्टेन बाइक -याली

लक्ष्मी बैंकका कर्मचारीहरूद्वारा प्रवद्र्धित गैर नाफामूलक संस्था लक्ष्मी केयरसले समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्यसहित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आउने क्रममा ‘गो ग्रिन’ अभियानअन्तर्गत रही ‘उज्यालो अभियान’को एक हिस्साका रूपमा १० औं वार्षिक लक्ष्मी केयरस माउन्टेन बाइक -याली शनिबार सम्पन्न गरेको छ ।
२०० भन्दा धेरै साइकलयात्रीको सहभागिता रहेको उक्त -याली ले १३ किलोमिटरको दूरी तय गरेको थियो । सो कार्यक्रमको उद्घाटन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गरेका थिए । -याली जावलाखेलस्थित सदर चिडियाखानाबाट सुरु भई टंगाल उड, टंगाल पुगी सकिएको थियो । सम्पन्न स्थलमा एड्रियन प्रधान एन्ड फ्रेन्डजको लाइभ कन्स्र्ट पनि थियो । उक्त स्थानमा व्याब्लेड क्य्रुउको साथ किड्स कर्नर, फेस पेन्टिङ, बार्विक्यु स्टल लगायत थुप्रै मनोरञ्जनका साथ दिनभर विभिन्न कार्यक्रमहरूको आयोजना पनि गरिएको कम्पनीले जनाएको छ ।