चनौली र हेटौंडामा ओमको शाखा «

चनौली र हेटौंडामा ओमको शाखा

ओम डेभलपमेन्ट बैंकको चितवनको चनौली र मकवानपुरको हेटौंडा शाखाको फरक–फरक कार्यक्रमबीच विधिवत् उद्घाटन भएको छ । चनौली शाखा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष सहनलाल प्रधानले भीमनगर माविका विद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रवृत्तिको घोषणा गर्दै शाखाको उद्घाटन गरे । यस्तै, हेटौंडा शाखा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रवृत्तिको घोषणा गर्दै शाखा तथा एटीएमको उद्घाटन गरे ।
कार्यक्रममा बैंकका अध्यक्ष सुशीलकुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बैंकको विविध पक्षहरूको जानकारी गराएका थिए । बैंकले फागुन मसान्तसम्म १८ अर्ब १५ करोड निक्षेप संकलन गरी १६ अर्ब ३२ करोड कर्जा लगानी गरेको छ भने शाखा संख्या ५२, कर्मचारी संख्या ३ सय ९९ ग्राहक संख्या करिब २ लाख ३१ हजार एटीएम संख्या ११ रहेको र ग्राहकहरूलाई निःशुल्क सी–आस्बा सेवा प्रदान गरिरहेको छ भने बिनाधितो १५ लाखसम्म प्रोफेसनल कर्जा प्रदान गर्दै आइराखेको छ ।

 

प्रतिक्रिया दिनुहोस्