टेलिटकद्वारा साओमी मोबाइल फोनको वितरण उपत्यका बाहिर विस्तार «

टेलिटकद्वारा साओमी मोबाइल फोनको वितरण उपत्यका बाहिर विस्तार

टेलिटक प्रालि उपत्यका बाहिर साओमी फोनको आधिकारिक वितरक नियुक्त भएको छ । त्यसैगरी अनलाइनमा सस्तोडिल डटकमबाट वितरण गर्नका लागि टेलिटक प्रालि नियुक्त भएको कम्पनीले जनाएको छ । टेलिटकले आफ्ना साओमी ब्रान्डका फोनहरू बजारमा ११ हजार ९ सय ९९ देखि २४ हजार ९ सय ९९ सम्ममा उपलब्ध गराएको पनि जनाएको छ । न्यून मूल्यमा नै अधिकतम सुविधा भएको फोन प्रस्तुत गरी साओमी फोनले छोटो समयमा नै ख्यातिप्राप्त गरेको हो ।
हाल कम्पनीले आफ्नो बजारलाई विस्तार गर्दै नयाँ इलेक्ट्रोनिक हबहरूमा जाने सोच बनाएको छ । साओमीले फोनसँग–सँगै एमआई टिभी, एमआईभीआर, पावर ब्यांक, ब्यान्डहरू, एयर प्युरिफायरहरूपनि वितरण गर्दै आएको पनि कमपनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्