जगदम्बा सिमेन्टद्वारा दिगो संरचना निर्माणका लागि प्राविधिक जानकारी «

जगदम्बा सिमेन्टद्वारा दिगो संरचना निर्माणका लागि प्राविधिक जानकारी

जगदम्बा सिमेन्टले यसै आर्थिक वर्षमा ‘आऔं सबै मिलि देश बनाऔं’ नाराका साथ सारा नेपालीलाई देश निर्माणका लागि अपिल गर्दै आफ्नै स्तरबाट सरकारले अघि सारेको पुनर्निर्माणको कार्यलाई सघाउने उद्देश्यले सुरक्षित र मजबुत निर्माणका निम्ति शुक्रबार बालाजु क्षेत्रमा निर्माणकर्मीसँगको भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
देशको बढ्दो संरचना निर्माणलाई टेवा प्रदान गर्न कम्पनीले विश्वकै उत्कृष्ट युरोपियन कम्पनीको अत्याधुनिक प्रविधि जडान गरी उत्पादन क्षमतालाई एकातर्फ विस्तार गरेको छ भने अर्कोतर्फ दक्ष जनशक्तिलाई दिगो संरचना निर्माणका लागि प्राबिधिक तथा व्यावसायिक ज्ञान दिँदै देशव्यापी यस्ता विशेष भेटघाट कार्यक्रम आयोजना गर्दै आइरहेको पनि कम्पनीले जनाएको छ । उक्त कार्यक्रममा १६० भन्दा बढी निर्माणकर्मीहरूको उपस्थिति थियो भने यस्ता कार्यक्रमहरू देशव्यापी रूपमा चलाइरहने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्