कुमारी बैंकको १७ औं वार्षिकोत्सवमा स्वास्थ्य शिविर कार्यक्रम «

कुमारी बैंकको १७ औं वार्षिकोत्सवमा स्वास्थ्य शिविर कार्यक्रम

कुमारी बैंकले १७ औं वार्षिकोत्सवको उपलक्ष्यमा नर्भिक इन्टरनेसनल हस्पिटलको सहकार्यमा स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरेको छ । नर्भिक हस्पिटलद्वारा उक्त कार्यक्रमका निम्ति ३० प्रतिशत छुट उपलब्ध गरेको जनाउँदै बैंकले उक्त कार्यक्रममा बैंकका कर्मचारी एवं ग्राहकहरूको उल्लेखनीय योगदान रहेको बताएको छ । यसै उपलक्ष्यमा बैंकले साताव्यापी संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना शाखाहरूमार्फत विभिन्न कार्यक्रमहरू आयोजना गर्ने पनि बैंकले जनाएको छ । कुमारी बैंकले नेपालमा प्रचलित परम्परागत बैंकिङ पद्धतिलाई नयाँ प्रविधिको प्रयोगमार्फत ग्राहक वर्गको सुविधा र चाहनाअनुरूपका सेवा तथा सुविधाहरू प्रदान गर्दै आएकाले बैंकले आगामी दिनमा उत्कृष्ट सेवा तथा सुविधाहरू प्रदान गर्दै अझ बढी विश्वसनीय र सबल बैंकका रूपमा प्रस्तुत हुने प्रण गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्