सीजी मोबाइल्सले ल्यायो ओमेगा ८ «

सीजी मोबाइल्सले ल्यायो ओमेगा ८

चौधरी इलेक्ट्रोनिक्सको सहायक कम्पनी सीजी मोबाइल्सले ओमेगा सिरिजमा नयाँ आकर्षण थप गर्दै ओमेगा ८ स्मार्टफोन ल्याएको छ । यो स्मार्टफोन २.५ डी कभ्र्ड ग्लास, एन्ड्रोयड नगेट ७.० अपरेटिङ सिस्टमका साथमा आउँछ, जसमा ५.५ इन्चकाएचडी–आईपीएस डिस्प्ले रहेको भन्दै कम्पनीले यसको डिस्प्ले १८ः९ रेसियो फूलभ्यू डिस्प्ले भएको पनि जनाएको छ । फोटोग्राफीका लागि यसमा रहेको उत्कृष्ट क्यामरामध्ये मुख्य क्यामरा १३ मेगापिक्सेलको छ भने उत्कृष्ट सेल्फी खिच्नका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।
फोनमा १.३ गीगाहर्जको क्वाडकोर प्रोसेसरका साथमा २ जीबी ¥यामले फोनमा गेम खेल्न तथा विभिन्न एप्स चलाउन सहज बनाउँछ । १२ हजार ९ सय ९९ रुपैयाँ मूल्य तोकिएको ओमेगा ८ स्मार्टफोनमा रहेको १६ जीबीको आन्तरिक स्टोरेज (रोम) मा प्रयोगकर्ताहरूले आफूले चाहेअनुसारको डाटा स्टोरेज गर्न तथा एप्स डाउनलोड गर्न सुविधा दिन्छ जसलाई माइक्रो एसडी कार्डको सहयोगले १२८ जीबीसम्म थप गर्न सकिने पनि कम्पनीले जनाएको छ । फोनमा ३,००० एमएएचको ब्याट्री ब्याकअप छ । जीपीएस सपोर्ट गर्ने ओमेगा ८ माजी सेन्सर, फिंगरप्रिन्ट सेन्सर, प्रोक्सिमिटी सेन्सर र लाइट सेन्सर छ । फोनको बाहिरी आवरण हेर्दा निकै आकर्षक देखिन्छ जुन स्टेट अफ आर्टमा आधारित छ जसलाई १८ः९ फूलभ्यू डिस्प्लेले थप सुन्दर बनाएको छ । यसका साथै फोनमा फोरजी नेटवर्क कम्प्याटिबल, गुगल प्रमाणित सफ्टवेयर र फिंगरप्रिन्ट स्मार्ट लकलगायतका विशेषताहरू रहेको कम्पनीले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्