सेञ्चुरी कमर्सियल बैंक र रिलायन्स लाइफ इन्स्योरेन्सबीच सम्झौता «

सेञ्चुरी कमर्सियल बैंक र रिलायन्स लाइफ इन्स्योरेन्सबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र रिलायन्स लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्सको सम्झौता भएको छ । सम्झौताअनुसार ग्राहकहरूले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्ने छन् । उक्त सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीन रमन पराजुलीले हस्ताक्षर गरेका थिए । बैंकले काठमाडौं उपत्यकामा ११ शाखा र ५ वटा एक्सटेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखा र ३ वटा एक्सटेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ गरी जम्मा १ सय ११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्