चीनसामु गले ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई व्यापारको अवरोध खुकुलो बनाउनका लागि आग्रह गरेका छन् । वित्तीय बजार, उपभोक्ता र व्यवसायलाईनै तहसनहस पारेको वासिङटन र बेइजिङबीचको विवाद मिलाउन समेत उनले आग्रह गरेका छन् ।
ट्रम्पले गरेको नयाँ ट्वीटले उनी विश्वका दुई ठूला अर्थतन्त्रबीच चलेको व्यापार द्वन्द्व समाधानका लागि आशावादी छन् भन्ने विषयको बारेमा बताउदैन ।
ट्रम्पले भनेका छन्,“चिनियाँ राष्ट्रपति सि जिनपिङ र उनी सधै साथी बन्न सक्छन् । यसमा हाम्राबीचको व्यापार विवादको कुनै अर्थ रहदैन ।”
ट्रम्पले जोड दिएका छन्,“चीनले आफ्नो व्यापार अवरोध हटाउने छ , किनकी योनै गर्नका लागि सही चिज हो । कर पारस्परिक हुनेछ र बौद्धिक सम्पत्तिको बारेमा पनि सम्झौता गरिने छ । यो दुवै मुलुका लागि राम्रो भविष्य हुनेछ ।”
गत वर्ष अमेरिकाले चीनबाट ५०० अर्ब डलर भन्दा बढीको सामान किनेको थियो । हाल अमेरिको उक्त आयात मध्ये १५० अर्ब डलरको सामानमा शुल्क लगाउने. तयारी वा बिचार गरिरहेको छ । गत वर्ष अमेरिकाले चीनमा १३० अर्ब डलरको सामग्री निर्यात गरेको थियो ।
यदी ट्रम्पले चिनियाँ सामानमा अतिरिक्त १०० अर्ब डलरको भन्सार लगाउने आफ्नो पछिल्लो चेतावनीलाइ कार्यान्वयन गर्नेतर्फ अगाडि बढेमा चीन पनि यसको प्रतिकार गर्नका लागि प्रतिबद्ध भएको चीनले जनाएको छ । चीनले यो भन्दा पहिले पनि ५० अर्ब डलरको अमेरिकी सामानमा शुल्क लगाउने बताएको
थियो ।
ट्रम्प प्रशासनले पनि चीनले अमेरिकी बौद्धिक सम्पत्तिको चोरी गरेको आरोपमा चीनलाई दण्डित गर्ने जनाउदै आएको छ ।
हालैका दिनहरुमा ट्रम्पको टोलीका वरिष्ठ सदस्यहरुबाट विवादास्पद सन्देश आइरहेको छ ।
ट्रेजरी सेक्रेटरी स्टेभेन मुचिनले अमेरिका र चीनले भन्सार कार्यान्वयनको अवस्थामा आउनुपूर्व सम्झौताम पुग्न सक्ने विषयमा आफू सावधानीपूर्ण तरिकाबाट आशावादी रहेको बताएका छन् । तर व्यापार युद्धको सम्भावना पनि रहेको उनले बताए ।
ह्वाइट हाउसका नयाँ आर्थिक सल्लाहकार ल्यारी कुडलोले अमेरिका व्यापार युद्धमा नरहेको र चीन समस्या भएको बताए । त्यसैले व्यापार युद्धको विषयमा ट्रम्पलाई नभएर चीनलाई दोष दिनका लागि उनले आग्रह गरेका छन् ।