माइनस १०० डिग्रीमा काक्रो फलाइयो «

माइनस १०० डिग्रीमा काक्रो फलाइयो

बर्लिन-जर्मनीका वैज्ञानिकले अन्टार्कटिकामा माइनस १०० डिग्री तापमानमा हरियो तरकारी उमारेका छन् । अन्टार्कटिकामा माटो छैन र सूर्यको प्रकाश पनि देखिदैन । पुरै वर्षभरिनै हिउमात्र परिरहने यो क्षेत्रमा वैज्ञानिकले हरियो तरकारी उमारेका हुन् । उनीहरुले ३.६ किलो हरियो पात सहितको तरकारी उमारेका छन् । उनीहरुले उमारेको तरकारीमा १८ वटा काक्रो ७० वटा मुला पनि समावेश छन् । खेतीका लागि एउटा ग्रीन हाउसको चेम्बर बनाइएको छ । एरोस्पेसन सेन्टर डीएलआरसँग सम्बन्धित पउल साबेलले तरकारीको बीउ फेब्रुअरीमा रोपिएको थियो । उक्त समयदेखि तरकारीको बिरुवा बढ्नका लागि पर्खिदै आएको थियो । उनले भनेका छन्,“यो वर्षको मेपछि प्रत्येक साता ४ देखि ५ किलो गोलभेडा, काक्रो, मुला, खुर्सानी तथा पात भएको तरकारी उमार्न हामी सफल हुन्छौ भने आशा गर्छु ।”
तरकारी खेतीका लागि बनाइएको यो ग्रीन हाउस चेम्बर ४ सय मिटर लामो छ । चेम्बरमा तरकारीको विकासका लागि एक विशेष किसिमको पोषक घोलको उपयोग गरिएको छ । यसलाई कम्प्युटरको सहयोगबाट नियन्त्रण गरिन्छ । केही मिनेटको अन्तरमा घोल छर्किने गरिन्छ । चेम्बरमा रातो, निलो तथा हरियो रङ को एलईडी बत्ती राखिएको छ । याहाँ ४२ वटा एलईडी बत्ती पनि राखिएको छ ।
चिसोका कारण यो नेयमार स्टेसन विश्वको सम्पर्क बाहिर रहन्छ । मानिसलाई केही महिनाको भोजनका लागि पहिलेनै पठाइएको बस्तुमा निर्भर रहन पर्छ । यो आयोजनाको माध्यमबाट वैज्ञानिकले जानकारी संकलन गर्ने काम गर्छन् । पछि यसको उपयो चन्द्रमा र मंगल ग्रहको अभियानका लागि गरिने बताइएइको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्