अमेरिका र उत्तर कोरियाबीच गोप्य वार्ता «

अमेरिका र उत्तर कोरियाबीच गोप्य वार्ता

वासिङटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनबीचको शिखर वार्ता अगाडि अमेरिका र उत्तर कोरियाबीच गोप्य रुपमा प्रत्यक्ष वार्ता भइरहेको छ । यसले बहुप्रतिक्षित भेटघाटको योजना अगाडि बढिरहेको स्पष्ट भएको छ ।
अमेरिकाको केन्द्रीय जासुसी एजेन्सीका निर्देशक माइक पोपियो तथा सीआईएका एक दल गुप्तचर सेवाले गोप्य किसिमबाट सम्मेलनको तयारी गरिरहेको अधिकारीहरुले बताएका छन् ।
दुवै देशका जासुसी अधिकारीले कैयौ पटक आपसमा कुराकानी गरेको तथा कुनै तेस्रो मुलुकमा भेटघाट पनि गरेको दावी गरिएको छ । शिखर वार्ता भन्दा पहिले पोपियो र उनका उत्तर कोरियाली समकक्षीले भेटघाटका लागि पृष्ठभूमिको तयारी गरिरहेको बताइएको छ ।
वार्ताको स्थान कुन हुनसक्छ भन्ने विषयमा अधिकारी केन्द्रीत रहदै आएका छन् । उत्तर कोरियाले वार्ता आफ्नै राजधानी प्योङयाङमा होस् भन्ने विषयमा जोड दिँदै आएको छ । यद्यपि ह्वाइट हाउस उक्त स्थानका लागि राजी छ वा छैन भन्ने विषय भने स्पष्ट भएको छैन ।
मंगोलियाको राजधानीलाई वार्ताको सम्भावित स्थानका लागि पनि छान्न सकिने बताइएको छ ।भेटघाटको स्थान तय भएपछि मात्रै समय र छलफलको विषय तय गरिने अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्