न्यूयोर्कको ट्रम्प टावरमा भीषण आगलागी

न्यूयोर्कस्थित ट्रम्प टावरको ५० औं तलामा आगो लागेको छ । आगो शनिबार साझ ६ बजे लागेको स्थानिय सञ्चार माध्यमले जनाएका छन् । आगो लागेपछि भवनबाट कालो धुवा र आगोको मुश्लो निक्लेको बताइएको छ ।
घटनाको जानकारी पाउने बित्तीकै न्यूयोर्क अग्नी नियन्त्रक विभागका १ सय ३८ कर्मचारी पुगेर आगोलाई नियन्त्रणमा लिएको बताइएको छ । यो घटनामा एक व्यक्ति गम्भिर घाइते भएका छन् ।
यो भवनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका घर र कार्यालय पनि रहेको छ । तर आगो लागेको समयमा उनी उक्त भवनमा नभएको बताइएको छ । यो आगलागीको बारेमा ट्वीट गर्दै उनले ट्रम्प टावरमा लागेको आगलगी निभिसकेको बताएका छन् । यो भावन राम्रो तरिकाले बनाइएको र दमकल कर्मचारीले पनि उत्कृष्ट तरिकाबाट काम गरेको भन्दै उनले धन्यवाद पनि व्यक्त गरेका छन् ।