चीनले अमेरिकामा १४ मिनेटकै आक्रमण गर्न सक्ने

चीनले प्रति सेकेन्ड १२ किलोमिटरको तीव्रतामा हाइपरसोनिक उडान भर्न सक्ने विश्वकै तीव्र गतीको वायु टनेलको विकास गरिरहेको छ ।
यो गतीमा उड्न सक्ने यो हाइपरसोनिक साधन अमेरिकाको पश्चिमी तटमा १४ मिनेट भन्दा पनि कमको अवधिमा पुग्न सक्छ ।
आयोजनामा काम गरिरहेका वरिष्ठ वैज्ञानिक झाओ विले चीनको हाइपरसोनिक हतियार विकास कार्यक्रमको माग पुरा गर्नका लागि यो २०२० को हाराहारीमा सञ्चालनमा आउन सक्ने गरी अनुसन्धानकर्मीहरले काम गरिरहेको बताए ।
“यसले हाइपरसोनिक प्रविधिको इन्जिनियरिङ एप्लिकेसनलाई बढाउने छ । त्यो पनि विशेषगरी सैन्य क्षेत्रमा,” झाओले बताए ।
हाइपरसोनिक विमानको परिक्षण उडान सुरु भएपछि यसले असफल हुने जोखिमलाई पनि उल्लेख्य रुपमा घटाउने बताइएको छ ।
विश्वकै सर्वाधिक सक्तिशाली वायु सुरुङ अमेरिकाको लेन्स–एक्स हो । यो न्यूयोर्कको बफालोमा रहेको छ । यो प्रति सेकेन्ड १० किलोमिटरको दरमा सञ्चालन हुन्छ । यो गती आवाजको तुलनामा ३० गुणा बढी हो ।
आवाजको तुलनामा ५ गुणा बढीको गतीमा यात्रा तय गर्न सक्ने विमानलाई हाइपरसोनिक विमानको परिभाषाभित्र समावेश गरिएको छ ।
अमेरिकी सेनाले एचटीभी–२ को २०११ मा परिक्षण गरेको थियो । तर हाइपरसोनिक उडान प्रशान्त महासागरमा खस्नु अगाडि केही मिनेटमात्रै टिकेको थियो ।
मार्चमा चीनले हाइपरसोनिक डब्लूयू–१४ को सातवटा सफल उडान परिक्षण सञ्चालन गरेको थियो । यसलाई डीएफ–जेट एफको नामले पनि चिनिएको थियो ।
अन्य मुलुकहरु रुस, भारत र अस्ट्रेलियाले पनि यस किसिमको विमानको सुरुको प्रोटोटाइपको परिक्षण गरेका थिए । यो परमाणु हतियार लगायत क्षेप्यास्त्र ओसार्नका लागि प्रयोग गर्ने गरिन्छ ।
चीन र अमेरिकाले हाइपरसोनिकको होड सुरु गरेको बिहाङ युनिभर्सिटीका इन्जिनियर र वैज्ञानिक प्राध्यापक वु डाफाङे बताए । यो हतियार विशेषगरी पिपुल्स लिबरेसन आर्मीको अन्य सम्भावित हतियारका लागि प्रयोग गर्न सकिने उनले बताए ।