सौर्य उर्जामा चीन सर्वोच्च शक्ति «

सौर्य उर्जामा चीन सर्वोच्च शक्ति

विश्वले २००४ देखि हरित उर्जामा २९ खर्ब डलर लगानी गरेको हालैको नयाँ अनुसन्धाने देखाएको छ । सौर्य उर्जामा गरेको लगानीले पछिल्ला वर्षहरुमा चीन अग्रणी देखिएको छ ।हालै प्रकाशित गरिएको प्रतिवेदनमा गत वर्षमात्रै विश्वमा ९८ गिगावाटको नयाँ सौर्य उर्जा क्षमता जडान भएको देखाएको छ ।
सौर्य उर्जाले मात्र १६०.८ अर्ब डलरको लगानी आकर्षित गरेको थियो । यो अन्य कुनैपनि प्रविधिमा गरिएको भन्दा बढी लगानी हो । चीनले ५३ गिगावटाको उर्जा उत्पादन गरेको र ८६.५ अर्ब डलर लगानी गरेको थियो । यसले चीनलाई सौर्य उर्जामा नेतृत्वदायी अवस्थमा पु¥याएका छ ।
“सौर्य लगानीमा भएको असाधारण अवस्थाको वृद्धिले कसरी विश्व उर्जाको अवस्थामा परिवर्तन आएको छ भन्ने देखाएको छ । यसको रुपान्तरणले कस्तो खालको आर्थिक लाभ भएको छ भन्ने पनि देखाएको छ,” संयुक्त राष्ट्र संघिय वातावरणका प्रमुख इरिक सोलहिमले विज्ञप्तिमार्फत् बताएका छन् ।
“नविकरणीय क्षेत्रमा भएको लगानीले थप मानिसलाई अर्थतन्त्रमा तानेको छ । यसले थप रोजगारीको सिर्जना गरेको छ । यसले उत्तम रोजगारी र राम्रो भुक्तानीको रोजगारी पनि दिएको छ,” उनले थपे । “स्वच्छ उर्जाको अर्थ कम प्रदूषण पनि हो । यसको अर्थ स्वस्थ र खुसी विकास पनि हो ।”
गत वर्ष चीनले नविकरणीय उर्जामा सर्वाधिक ठूलो धनराशी खर्च गरेको पनि प्रतिवेदनले देखाएको छ । चीनले गत वर्ष यो क्षेत्रमा १२६.६ अर्ब डलरको लगानी गरेको थियो । यो अघिल्लो वर्षको तुलनामा ३१ प्रतिशत बढी हो । गत वर्ष विश्वभरीमा नविकरणीय उर्जाबाट १५७ गिगावाटको हाराहारीमा उर्जा उत्पादन भएको जनाइएको छ ।
“विश्वले कोइला, ग्यास र परमाणु प्लान्टले संयुक्त रुपमा गरेको भन्दा सौर्यबाट बढी क्षमता थपेको छ,” फ्रयांकफर्ट स् कुल अफ फाइनान्स एन्ड म्यानेजमेन्टका अध्यक्ष निल्स स्टिगलिजले बताए ।
नविकरणीय लगानीमा अन्य मुलुक ओरालो लागेको अवस्थ्मा यसको नेतृत्व चीनले गर्दै आएको छ । अमेरिकी लगानीमा ६ प्रतिशतको गिरावट आएप्र ४०.५ अर्ब डलर कायम भएको छ । यसैबीच युरोपेली लगानीमा ३६ प्रतिशतको गिरावट आएर ४०.९ अर्ब डलर कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्