डडेल्धुरामा स्वास्थ्य शिविर «

डडेल्धुरामा स्वास्थ्य शिविर

प्रदेश नम्बरको ७ को डडेल्धुरामा पाठेघर खसेका महिलाका लागि शिविर सञ्चालन भएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल र उपक्षेत्रीय अस्पताल डडेल्धुराको आयोजनामा शिविर नेपालगन्ज मेडिकल कलेजको सहयोगमा चलाइएको हो ।
शिविरमा सुदूरपश्चिमका पहाडी जिल्लाहरु बझाङ, बाजुरा, दार्चुला, बैतडी, डोटी, अछाम र डडेल्धुराका पाठेघर खसेका महिलाको उपचार गरिने उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले जानकारी दिए । शिविर एक हप्तासम्म सञ्चाल हुने डा. अब्दुल हुसेन खानले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्