एनआईबीएल क्यापिटलले खुलामुखी योजना सुरु गर्ने «

एनआईबीएल क्यापिटलले खुलामुखी योजना सुरु गर्ने

काठमाडौंः एनआईबीएल क्यापिटलले पहिलो पटक सामूहिक लगानी कोषको खुलामुखी योजना सञ्चालन गर्ने भएको छ । क्यापिटलले ५० करोड रुपैयाँबराबरको खुलामुखी योजना सञ्चालनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा समेत निवेदन दिएको छ । 

यसभन्दा अघि सञ्चालनमा आएका करिब दर्जन सामूहिक लगानी कोषले बन्दमुखी योजना मात्र सञ्चालन गर्दै आएका थिए । कानुनी रूपमा पनि खुलामुखी योजनाका सन्दर्भमा स्पष्ट व्यवस्था नभएकाले सञ्चालनका लागि ढिला भएको हो ।

बन्दमुखी योजना सञ्चालनमा आएका भए पनि खुलामुखी योजना सञ्चालनका लागि नीतिगत रूपमा पनि स्पष्ट देखिँदैन । खुलामुखी योजनाले बचतलाई परिचालन गराउने भएकाले पनि प्रभावकारी मानिन्छ । सामूहिक लगानी कोया नियमावली र निर्देशिकाले सञ्चालनका धेरै विषयलाई सम्बोधन गरे पनि प्रक्रियागत समस्याहरू भएकाले नेपाल धितोपत्र बोर्डले निर्णय गरी दिनुपर्ने एनआईबीएल क्यापिटलका महाप्रबन्धक मेखबहादुर थापाले बताए ।

खुलामुखी योजना सञ्चालन सकेको खण्डमा कर्मचारीको बचतलाई पनि सामूहिक लगानी कोषको मार्फत परिचालन गर्न सकिने थापाको तर्क छ ।
सामूहिक लगानी कोषको बन्दमुखी योजनाको यसको अवधि र आकार निश्चित हुँदैन । योजना सञ्चालनको पहिलो चरणमा एकाइ बिक्री गर्न सार्वजनिक निष्कासन गरिने भए पनि त्यसपछिको खरिद बिक्री प्रक्रिया योजना व्यवस्थापकले गर्नुपर्ने हुन्छ ।

यो योजनाका एकाइ नेप्सेमा सूचीकृत हुँदैन । नेपाल धितोपत्र बोर्ड पनि पुँजी बजारमा नयाँ औजार सुरु हुन लागेको सकारात्मक रहेको धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले बताए । बन्दमुखी योजनाहरू मात्र सञ्चालनमा आएको हुनाले खुलामुखी योजना केही जोखिमपूर्ण रहेको कार्कीको भनाइ छ । “खुलामुखी योजनाको सुरुवात गर्नुपर्छ,” उनले भने, “पहिलो चरणमा सानो आकारमा गर्ने भन्ने हो ।”

खुलामुखी योजनाको बजार हेरेपछि मात्र विस्तार गर्ने कार्कीले बताए ।  लगानीकर्तालाई पनि सुरक्षित बनाउनु पर्ने भएकाले तत्काल आक्रमक रूपमा नजाने कि भन्ने बोर्डको तर्क हो । खुलामुखी योजनाको एकाइ किन्न आएको खण्डमा योजनाको आकार आफैं बढ्दै जान्छ ।

आईपीओ पछिको एकाइ खरिद बिक्री योजनाको खुला सम्पत्ति मूल्यांकनका आधारमा हुन्छ । यो कारोबार गरेबापत योजना व्यवस्थापकले निश्चित शुल्क लिन्छ । यो योजना सञ्चालनका लागि कानुनी रूपमा गाह«ो नभए पनि केही विषयमा बोर्डले निर्णय गर्नुपर्ने हुन्छ ।

अहिलेको सामूहिक लगानीको खुलामुखी र बन्दमुखी योजनाको नियामावली धेरै कुरा समेटेको छ । नियम नै ल्याउनुपर्छ भन्ने नभए पनि नेपाल स्टक एक्सचेन्ज(नेप्से)सूचीकरण नगर्ने व्यवस्था छैन ।

नेप्सेमा  सूचीकरण नभई सीडीएसले दर्ता गन नमान्न सक्ने भएकाले यस्ता विषयमा बोर्डले निर्ण गरी दिनुपर्ने अवस्था रहेको थापाले बताए । एकाइ बोर्डमा दर्ता गर्नुपर्छ भन्ने व्यवस्था भए पनि कसरी गर्ने भन्ने छैन ।

सुएमा ५० करोडको योजना दर्ता गरेर २० करोडको मात्र एकाइ सार्वजनिक निष्कासन गरेर खरिद बिक्री गर्दै जाँदा योजना ५० करोड पुगेपछि फेरि योजनाको साइज बढाइ एक अर्ब पु¥याइ पुनः दर्ता गर्ने योजना राखेर निवेदन दिएको थापाले बताए । 

कसरी हुन्छ खुलामुखी योजनाको एकाइ खरिद बिक्री
योजना व्यवस्थापकले तोकोको संस्थाबाट किनबेच गर्न सकिन्छ । बिक्री गर्न आएको एकाइ धनीले योजना व्यवस्थापक खरिद गर्नै पर्छ । खुलामुखी योजनामा तरलता सहज हुन्छ ।

किन्न मन लागेको खण्डमा पैसा हाल्छु भनेपछि जति पनि एकाइ उपलब्ध गराउनुपर्छ । किन्न आएको खण्डमा दिनुप¥यो र बिक्री गर्न आएको खण्डमा खरिद गरी दिनुप¥यो । 

प्रतिक्रिया दिनुहोस्