दोलालघाट महोत्सव सुरु

जल पर्यटकहरूको आकर्षक गन्तव्यस्थल दोलालघाटमा दोलालघाट महोत्सव सुरु भएको छ । प्राकृतिक, सांस्कृतिक, कृषि र व्यापार, दोलालघाट पर्यटन प्रवद्र्धन विकासको आधार भन्ने नाराका साथ दोलालघाट माहेत्सव सुरु भएको हो ।
वैशाख ३ गतेसम्म चल्ने महोत्सवमा आकर्षणका रूपमा लोकल माछा, ¥याफ्टिङ (बोटिङ) को व्यवस्था, हेलिकप्टरबाट धार्मिक स्थल अवलोकन, स्थानीय झाँकी प्रदर्शन, कृषि प्रदर्शनी, उद्योग र व्यापार स्टलहरू निर्माण, बाल उद्यान रमाइलो मेला, चमेना गृह, सांस्कृतिक कार्यक्रम, राष्ट्रिय कलाकार सम्मान, नृत्य प्रतियोगिता लगायतको कार्यक्रम रहने आयोजक टिमका अध्यक्ष अष्टबहादुर श्रेष्ठले जानकारी दिए । दोलालघाटको इन्द्राबती किनारामा चैत २३ देखि आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुने महोत्सवले भूकम्पपछि पनि दोलालघाट पर्यटकहरूका लागि योग्य छ भन्ने सन्देश प्रवाह गर्ने दाबी गरिएको छ ।
काभ्रे र सिन्धुपाल्चोकको पुरानो व्यापारिक केन्द्र, पछिल्लो समयमा पिकनिकका लागि समेत भीड हुने दोलालघाटमा महोत्सवको चहलपहल रामै्र हुने आयोजकले जानकारी दिएका छन् । इन्द्रावती र सुनकोसीको संगम स्थलमा अवस्थित दोलालघाटलाई प्राकृतिक छटाले भरिपूर्ण मानिन्छ । विशेषत तामाङ समुदायसँगै अन्य विभिन्न जातजातिको जीवनशैली, संस्कृति, जीब्रोमै अडिने माछाका ताजा परिकारले पनि पर्यटकको मन सहजै तान्न सक्छन् । महोत्सवमा ४० हजारले अवलोकन तथा २ करोड बराबरको कारोबार हुने आयोजकले जानकारी दिए ।