कावासोती र बर्दघाटमा ओमको शाखा «

कावासोती र बर्दघाटमा ओमको शाखा

ओम डेभलपमेन्ट बैंकको नवलपरासीको कावासोती र बर्दघाट शाखाको बिहीबार विधिवत् उद्घाटन भएको छ । कावासोती शाखा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कावासोती नगरपालिका मेयर चन्द्रकुमारी पुनले कुमारवती बहुमुखी क्याम्पसका विद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रवृद्धिको घोषणा गर्दै शाखा तथा शाखाको एटीएमको उद्घाटन गरिन् ।
बिहीबार नै बर्दघाट शाखा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बर्दघाट नगरपालिकाका मेयर धीरज शर्मा बसेलले शाखाको उद्घाटन गरेका छन् । प्रमुख अतिथिले दीपज्योति बहुमुखी क्याम्पसका विद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रवृद्धिको घोषणा गरेका थिए ।
बैंकले फाल्गुन मसान्तसम्म १८ अर्ब १५ करोड निक्षेप संकलन गरी १६ अर्ब ३२ करोड कर्जा लगानी गरेको छ भने शाखा संख्या ५२, कर्मचारी संख्या ३९९, ग्राहक संख्या करिब २ लाख ३१ हजार, एटीएम संख्या ११ रहेको र ग्राहकहरूलाई निःशुल्क सी–आस्बा सेवा प्रदान गरिरहेको छ भने बिना धितो १५ लाख रुपैयाँसम्म प्रोफेसनल कर्जा प्रदान गर्दै आइराखेको छ ।

 

प्रतिक्रिया दिनुहोस्