Logo

काठमाडौं–धुलिखेलमा ८ वटा कम्पनीले लिए इजाजत

अरनिको पूर्व राजमार्गमा १३ वटा यातायात सेवा समितिले यातायात सेवा अवरुद्ध गरेसँगै नयाँ ८ वटा समितिले सवारी चलाउन अनुमति लिएका छन् । अनुमति लिएकामध्ये साझा र मेट्रो यातायातले धुलिखेलसम्म आफ्नो सेवा सुचारु गरेका छन् ।
यसअघि बनेपासम्म रुट लिएको मयूरले पनि धुलिखेलसम्मको इजाजत लिएको छ । बनेपासम्म आफ्नो हिसावले गए पनि पहिलोपटक बसहरूलाई प्रहरीले स्कर्टिङ गरेर लगेको थियो । धुलिखेलसम्म मयूरमा, साझा, मेट्रो यातायात पुगे पनि ग्रामीण भेगलगायत काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा, खोटाङलगायतका यात्रु अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्