नेपाल लिक्वर्सको रोयल च्यालेन्ज ह्विस्की बजारमा «

नेपाल लिक्वर्सको रोयल च्यालेन्ज ह्विस्की बजारमा

 राजेशवीर सिंह तुलाधरले युनाइटेड स्पिरिट्सबाट नेपाल लिक्वर प्रालि (विगतमा युनाइटेड स्पिरिट्स नेपालको रूपमा परिचित) को सेयर प्राप्त गरेपछि रोयल च्यालेन्ज ह्विस्की बजारमा फेरि लन्च गरेका छन् । राजेशवीर सिंह तुलाधरले नेपाल लिक्वर्स (विगतमा युनाइटेड स्पिरिट्स नेपालको नामले परिचित) मा रहेको युनाइटेड स्पिरिट्स लिमिटेड, इन्डिया (डाएजीओ पीएलसीअन्तर्गतको कम्पनी) को सबै सेयर प्राप्त गरेका हुन् ।
नेपाल लिक्वससँग युनाइटेड स्पिरिट्सका सबै लोकप्रिय ब्रान्डहरू बोटल गर्न र बजारीकरण गर्नका लागि आवश्यक इजाजतपत्र पनि रहेको जनाएको छ । नेपाल लिक्बरका महाप्रबन्धक, बिक्री तथा बजार प्रबद्र्धन, राजेशप्रकाशका अनुसार रोयल च्यालेन्ज ह्विस्की अमेरिकी क्यास्कहरूमा राखी, पूर्णरूपमा परिपक्व बनाइ तयार पारिएको अनाजयुक्त ह्विस्की हो । स्कच र उच्च गुणस्तरीय भारतीय अनाजहरूको गहन तथा सघन मिश्रण रहेको रोयल च्यालेन्ज ह्विस्कीमा क्यारामेलाइज्ड सुगरबाट रंग, सुवास र विशिष्ट स्वाद रहेको पनि उनले बताए ।
सिंह र एउटा गोलाकार पदकसहितको प्रतीक नै रोयल च्यालेन्जको निशानी हो भन्दै कमपनीले यसलाई उत्साहदिने प्रतीकहरू संलग्न गरी समय सान्दर्भिक बनाइएको पनि जनायो । यस ब्रान्डको प्याकेजिङले उच्चस्तरीय, उत्कृष्ट गुणस्तरको, साहसी र पौरखी प्रकृतिको छनक दिन्छ भन्दै कम्पनीले मिश्रण र प्याकेजिङदेखि नै यसका पारखीसम्म रोयल च्यालेन्ज साहसी र अपरम्परागत व्यक्तिहरूको उत्सव भएको बताएको छ ।
रोयल च्यालेन्जको सुरुवाती मूल्य १३६० (७५० मिलिलिटर प्याक), ६ सय ८० रुपैयाँ (३७५ मिलिप्याक) र ३ सय ४० रुपैयाँ (१८० मिलिप्याक) छ । भारतका सबै प्रमुख ह्विस्की बजारमा आफ्नो उपस्थिति जनाइसकेको र सफलता प्राप्त गरिसकेको यो ब्राण्डले नेपालमा पनि प्रसिद्ध ह्स्किीको परिभाष बदल्ने र उत्कर्षमा पुगी भारतमा आर्जित सफलता दोहोऱाउने गरी अघि बढिरहेको कम्पनीको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस्