सिद्धार्थ बैंक र रिलायन्स लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

सिद्घार्थ बैंक र रिलायन्स लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ । बैंक र उक्त इन्स्योरेन्सबीच शुक्रबार एक विशेष कार्यक्रमकाबीच सो सम्झौतापत्र हस्ताक्षर सम्पन्न भएको हो । सम्झौतापत्रमा सिद्घार्थ बैंकका तर्फबाट नायव महाप्रबन्धक रामेश्वरप्रसाद बस्याल र रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीन रमण पराजुलीले हस्ताक्षर गरेका छन् । सम्झौतापछि सिद्घार्थ बैंकका ग्राहकले बैंकका कुनै पनि शाखाबाट रिलायन्स लाइफ इन्स्योरेन्सका विभिन्न प्रकारका बिमा सेवा प्राप्त गर्न, बिमा शुल्क भुक्तानी गर्न, बिमा लेख लिन तथा बिमा दाबी भुक्तानीलगायत सम्पूर्ण बिमा सेवा लिन सक्नु हुनेछ । यसबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै छिटो र सहज रूपमा बिमासम्बन्धी सेवा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।