उद्योग व्यापार संगठनमा पदस्थापन «

उद्योग व्यापार संगठनमा पदस्थापन

उद्योग व्यापार संगठन रूपन्देहीको आगामी २ वर्षको कार्यकालका लागि नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
अघिल्लो साता सम्पन्न संगठनको ११ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनमा निर्विरोध निर्वाचित भएका अध्यक्षलगायत पदाधिकारी र सदस्यहरूको पदस्थापना भएको हो । सो क्रममा निर्वाचन समितिका संयोजक सुरेन्द्र बश्यालले अध्यक्षलाई तथा अध्यक्षले अन्य पदाधिकारी र सदस्यहरूलाई पद तथा गोपनियताको शपथ गराएका थिए ।
अधिवेशनबाट अध्यक्षमा नारायणप्रसाद भण्डारी, वरिष्ठ उपाध्यक्ष गिरीशचन्द्र त्रिपाठी, उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मी, वाणिज्य उपाध्यक्ष दर्पण श्रेष्ठ, महासचिव अनिल ज्ञवाली, सचिव टीकाराम भट्टराई कोषाध्यक्ष सचिन रोक्का, सहकोषाध्यक्ष राम मिलन यादव, सदस्यहरू सुरेन्द्र त्रिपाठी, बाबुराम शमा खनाल, मधु अर्याल, लक्ष्मण भण्डारी, धीरज मल्लिक, गौतम गुप्तालगायत निर्वाचित भएका थिए ।
पदस्थापनपछि अध्यक्ष भण्डारीले यस क्षेत्रको उद्योगी व्यवसायीको हकहितमा संगठन लाग्ने र सामाजिक, आर्थिक विकाससँगै पर्यटन प्रबद्र्धन, मेला महोत्सवमार्फत व्यापार विविधीकरणमा ध्यान दिने बताए ।
कार्यक्रममा वार्षिक साधारणसभाको अवसरमा आयोजित रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्