सानिमा लाइफ इन्स्योरेन्सको एकैदिन २ शाखा «

सानिमा लाइफ इन्स्योरेन्सको एकैदिन २ शाखा

सानिमा लाइफ इन्स्योरेन्सले आफ्नो व्यावसायिक लक्ष्य प्राप्तिका लागि देशभरि शाखा सञ्जाल विस्तार गर्ने र जीवन बिमा सेवा उपभोग गर्न नपाएका नेपालीहरूलाई जीवन बिमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन बिमा सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीका सञ्चालक बद्रीविशाल घिमिरेद्वारा कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाईं, कम्पनीका वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, कम्पनीका प्रबन्धक उषा खतिवडालगायत स्थानीय व्यक्तिहरू समेतको समुपस्थितिमा मकपानपुरको हेटौंडा तथा पर्साको वीरगन्जमा विधिवत रूपमा दुइटा शाखा कार्यालयको बिहीबार उद्घाटन भएको छ ।
सानिमा लाइफ इन्स्योरेन्स कम्पनी ऐन २०६३ तथा बिमा ऐन २०४९ अन्तर्गत स्थापना भएको तथा सानिमा बैंक तथा राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा व्यावसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैरआवासीय नेपालीको समूहद्वारा प्रवद्र्धन गरिएको कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्